काठमाडाैं । तिहारपछि शुक्रबार पहिलोपटक प्रकाशित गरिएको सुनचाँदीको मूल्य अनुसार दुवैको भाउ अघिल्लो कारोबार दिन भन्दा उल्लेख्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
केही समय अघि सुनले अल टाइम हाईको रेकर्ड बनाउँदै तोलाकै एक लाख १७ हजारसम्म पुगेको थियो । त्यस यता सुस्ताएको सुनको भाउ मङ्सिर महिनामा बिहेको सिजन आएसँगै फेरि उकालो लाग्न लागेको हो ।