मङ्ल, बैशाख २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपत्यकाका अधिकांस वाणिज्य बैंकका एटीएम ‘आउट अफ सर्भिस’

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
उपत्यकाका अधिकांस वाणिज्य बैंकका एटीएम ‘आउट अफ सर्भिस’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपत्यकामा अधिकांस वाणिज्य बैंकका एटीएम ‘आउट अफ सर्भिस’ रहेको पाइएको छ । चाडबाडमा धेरै कारोबार हुने समयमा वाणिज्य बैंकहरूले सञ्चालन गरेको एटीएम बुथमा रकम नै नरहेको पाइएको हो ।

नेपाल सरकार र केन्द्रीय बैंक लगायत स्वयं वाणिज्य बैंकले समेत बैंकमा कम आउन सेवाग्राहीलाई प्रोत्साहन गर्ने नीति लिएका छन् । यसका लागि एटीएम र मोबाइल बैंकिङको प्रयोग गर्न सेवाग्राहीलाई प्रोत्साहन गर्ने नीति बैंकहरूको छ ।

तर, सबैभन्दा धेरै रकम खर्च हुने समयमा अधिकांश एटीएमका बुथहरू खाली रहेको पाइएको हो । यो समयमा वाणिज्य बैंकहरूको कार्यालय समेत खुल्दैन । दसैँ र तिहारको समयमा सबैभन्दा धेरै कारोबार गर्ने नेपालीको प्रचलन छ । यही समयमा वाणिज्य बैंकहरूको बुथमा राखिएको रकम खाली भएपछि थप रकम नराख्दा ‘आउट अफ सर्भिस’ भएका हुन् ।

रातोपाटीले गरेको निरीक्षणका क्रममा उपत्यकाका अधिकांश वाणिज्य बैंकको एटीएम बुथ खाली भएर ‘आउट अफ सर्भिस’ भएका छन् । पुतलीसडकमा रहेको एनआईएमबी बैंकको एटीएम बुथ २९ गते नै आउट अफ सर्भिस थियो । यसबाहेक, आज एनआईसी एसिया बैंकको एलआरआई स्कुल कलङ्की, ओम साइबाबा हस्पिटल, नर्सरी चोक, खरिबोटमा समेत सेवा उपलब्ध छैन ।

यसबाहेक सिद्धार्थ बैंकको नर्सरी चोक कलङ्की, ग्लोबल आईएमई बैंकको वनस्थली र खरिबोटका एटीएम बुथमा रकम छैन । यस्तै, प्रभु बैंकको ढुंगेधारा र बालाजु चोकमा रहेका एटीएम बुथमा आवश्यक रकम छैन । बैंकहरूले सञ्चालन गर्ने एटीएम बुथमा एक पटकमा १५ देखि १६ लाख रुपैयाँ रकम हुन्छ ।

तिहार अघि राखेको रकम सकिएकाले एटीएम बुथ आउट अफ सर्भिस भएको हुन सक्ने नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना बताउँछन् । उनका अनुसार तिहारको समयमा धेरै रकम झिकिने भएकाले बुथ खाली भएका हुन सक्छन् । तर, बैंकहरूले बुथमा थप रकम राख्न नपाउँदा यस्तो समस्या आएको हुन सक्छ ।

यो पनि पढ्नुहोस्

जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु

स्ववियुको खारेजी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

११ घण्टा अगाडि
रत्न राज्यलक्ष्मी क्याम्पसको मुखपत्र सुकुन्दा प्रकाशित हुने

रत्न राज्यलक्ष्मी क्याम्पसको मुखपत्र सुकुन्दा प्रकाशित हुने

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिका र इरानको युद्ध अन्त्य गर्ने

यस्ताे छ दिनभरकाे माैसम

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

बार्सिलोनाले लालिगाको २९औँ उपाधि जित्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक