शुक्र, फाल्गुन २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पैसा

अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै छन्ः अर्थमन्त्री महत

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै छन्ः अर्थमन्त्री महत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन / अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्। नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गरे।

अर्थमन्त्री डा महतले भने “अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन्। मुलुकमा रहेको आर्थिक सङ्कट धेरै समय रहँदैन।” आर्थिक सङ्कटको अन्त्य गर्न सरकारले नीतिगत योजना बनाएको उल्लेख गर्दै उनले भने, “प्राथमिकताका आधारमा लगानी गर्ने, जग्गाको कारोबार बढाउन प्रक्रियागत सुधार गर्ने र व्यवसायीलाई लगानीको वातावरण बनाउन सरकार लागिपरेको छ।”

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा महतले अघिल्लो सरकारको जथाभावी खर्च गर्ने प्रवृत्तिका कारण अर्थतन्त्रमा समस्या आएको र यसलाई नियन्त्रण गर्न सरकार लागि परेको बताए। उनले भने, “व्यक्तिले जथाभावी खर्च नगर्ने, व्यवसायीले मनलाग्दी तरिकाले लगानी नगर्ने र सरकारले प्राथमिकताको आधारमा लगानी गर्ने हो भने अहिलेको सङ्कट टर्छ।”

अर्थमन्त्री डा महतले सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्रको विषयमा नियोजितरूपमा गलत प्रचार गरिएको गुनासो गरे। उनले भने, “गतल प्रचारका कारण अर्थतन्त्रको विषयमा निरासा छाएको छ, यही कारणले देश जटिलतातर्फ धकेलिएको हो।” उनले पूँजी चलायमान नहुँदा पनि समस्या सृजना भएको बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, किरण पौडेल, जिल्ला सभापति राजेश्वर खनाल, निर्वतमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, खैरहनी नगरपालिकाका प्रमुख शशी खनिया, राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा, संविधानसभा सदस्य सावित्रीदेवी चौधरीलगायतले पार्टी सही तवरले अगाडि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति किरणभूषण सिंह ओलीले राजनीतिक प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी थापा भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। क्षेत्रीय पार्टी कार्यालयको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने संविधानसभा सदस्य सावित्री चौधरी र स्वर्गीय उदयनाथ अधिकारीसहित पार्टीको संस्थागत विकासमा योगदान दिएका नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो।

कार्यक्रममा राप्ती नगरपालिका–१२ मा रहेको गणेश माविका पाँच सय जना विद्यार्थीका लागि विद्यालय झोला तथा तीन जना अपाङ्गत भएकालाई ह्वीलचियर प्रदान गरिएको थियो। यसैबीच संविधानसभा सदस्य सावित्रीदेवी चौधरीले प्रदान गरेको जग्गामा भवन निर्माण गर्न लागिएको क्षेत्रीय पार्टी कार्यालयको भवनको अर्थमन्त्री महतले शिलन्यास गरेका थिए। -रासस

यो पनि पढ्नुहोस्

गगन थापालाई राजीनामा नदिन आग्रह

गगन थापालाई राजीनामा नदिन आग्रह

१८ घण्टा अगाडि
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

हत्या गरेको अभियोगमा पक्राउ

मधेशमा रास्वपालाई प्रत्यक्षमा कम मत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक