सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

आफूलाई ‘सिरियल किलर’ दाबी गर्ने युवक बन्दै छन् प्रहरीको ‘टाउको दुखाइ’

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
आफूलाई ‘सिरियल किलर’ दाबी गर्ने युवक बन्दै छन् प्रहरीको ‘टाउको दुखाइ’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौंको तीनकुने गैरीगाउँमा भदौ ३० गते चार जनाको हत्या भएको अवस्थामा शव भेटियो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। हत्यामा संलग्न आरोपमा प्रहरीले भदौ ३१ गते सञ्जय भण्डारीलाई पक्राउ गरेको हो। पक्राउ परेका भण्डारी बोल्न सक्दैनन्। तर उनले अनुसन्धानका क्रममा दिनप्रतिदिन प्रहरीलाई चुनौती दिइरहेका छन्।

भण्डारीले २९ गते राति गैरीगाउँको दिव्य सः मिलमा नवीन राई, कुमार भुजेल, शुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेको सहजै स्वीकार गरेका छन्। त्यति मात्रै होइन, बयानका क्रममा उनले अन्यत्र पनि हत्या गरेको बताउँदै आएका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका सञ्जय जन्मजात बोल्न सक्दैनन्। उनलाई प्रहरीले दोभाषेको सहयोगमा सोधपुछ गरिरहेको छ। सोधपुधका क्रममा उनले विभिन्न स्थानमा कम्तिमा पनि ५/६ वटा हत्या गरिसकेको बताउने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन्।

‘मैले काठमाडौंका विभिन्न स्थानमा मानिसहरुको हत्या गरेको छु भनेर भन्छन्,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘उनले एकदमै ‘कन्फिडेन्ट’का साथ मैलै धेरैतिर हत्या गरेको छु, अब बाँकी कुरा पत्ता लगाउने काम तिमीहरु प्रहरीको हो भन्नुहुन्छ। हामीलाई चुनौती थपिएको छ।’

भण्डारीको शंकास्पद अभिव्यक्तिका कारण उनले नै गैरीगाउँमा सामूहिक हत्या गरेका होइनन् कि भन्ने प्रश्न पनि प्रहरीलाई नउठेको होइन तर घटनाको प्रकृति हेर्दा र उनले दिएको बयान साथै प्राप्त प्रमाण सबैका आधारमा उनले नै हत्या गरेको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन्।

उनले धेरैतिर हत्या गरेको छु भन्ने बयान दिएसँगै प्रहरीले पुराना फाइलहरु खोलेर पनि अनुसन्धान गरिरहेको छ। तर हालसम्म उनले दिएको बयानसँग मेल खाने कुनै प्रमाण फेला नपरेको ती प्रहरी अधिकारी बताउँछन्।

भण्डारीले बयानका क्रममा हत्या गरेका मानिसहरु कसैलाई मारेर टुक्राटुक्रा पारेर खोलामा फालिदिएको भन्ने गरेका छन् त, कहिले खाडल खनेर गाडिदिएको बताउने गरेको ती प्रहरी अधिकारी बताउँछन्।  ‘कहिले खोलामा शव बगाइदिएँ भन्छन्, कहिले खाडल खनेर गाडिदिएँ भन्छन्,  तिनीहरुको प्रमाण कसरी भेटाउने हामीले?’ प्रहरी अधिकारी भन्छन्, ‘उनले हत्या गरेर गाडेको भनेको ठाउँ पनि यकिनसँग भन्न सक्नु भएको छैन। उनको बयानबाट केही नयाँ क्लु भेटिएको छैन, त्यसैले जबसम्म पुराना फाइलहरुबाट वा उनले भनेअनुसारको घटनाक्रम मेल खाँदैन, तबसम्म उनले भनेका सबै कुरा पत्याइहाल्ने अवस्था पनि छैन। अहिले अनुसन्धान नै नगरी सबै झुट्टो हो भनिहाल्ने अवस्था पनि छैन।’

भण्डारीले नक्सालको बाल मन्दिरमा कक्षा १२ सम्म पढेका छन् । बालमन्दिरमा पढ्न जाँदा उनी पैदल हिँडेर काँडाघारीस्थित दिदी–भिनाजुको घरबाट आउजाउ गर्थे। सोही क्रममा एकजना व्यक्तिसँग १३ हजार रुपैयाँ लिनुपर्ने तर नदिएपछि हत्या गरेको उनले बताउने गरेका छन्।

भण्डारीले गैरीगाउँ हत्या प्रकरणमा पनि लेखेर नै ‘आई किल्ड फोर पिपुल’ भनी प्रहरीसमक्ष स्वीकार गरेका गरेको प्रहरीले जनाएको छन्।

भण्डारीको शंकास्पद अभिव्यक्तिका कारण उनले नै गैरीगाउँमा सामूहिक हत्या गरेका होइनन् कि भन्ने प्रश्न पनि प्रहरीलाई नउठेको होइन तर घटनाको प्रकृति हेर्दा र उनले दिएको बयान साथै प्राप्त प्रमाण सबैका आधारमा उनले नै हत्या गरेको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन्।

त्यहि मात्रै होइन, अनुसन्धानका क्रममा गैरीगाउँ हत्याको समयमा पनि उनी पहिले नै गएर उक्त स्थानमा सुतेको पाइएको छ। ‘उनी अगाडि नै गएर त्यहाँ सुतेको अनुसन्धानबाट खुलेको छ। त्यहि मात्रै होइन, उनले सुरुमा एक जनाको हत्या गरेर पुन: करिब १ घण्टापछि मात्रै अन्यको हत्या गरेको बताउने गरेका छन्,’ ती प्रहरी अधिकारी भन्छन्, ‘सिसिटिभी फुटेज लगायत अन्य प्रमाणहरुले पनि हत्या उनले गरेको पुष्टि हुन्छ र उनले पनि सजिलै मैले हत्या गरेकै हो भनेर स्विकारसमेत गरिसकेका छन्।’

पुराना फाइल र घटनाहरुबाट केही नयाँ कुरा पत्ता नलागेसम्म भण्डारीको बयानलाई मात्रै आधार बनाउन नसकिने अनुसन्धानमा संलग्न प्रहरीहरु बताउँछन्। भण्डारीबारे थप अनुसन्धान जारी नै रहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

१४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक