काठमाडौं । काठमाडौं महानगरपालिका-२९ स्थित घट्टेकुलो चोक नजिक बस्ने चन्द्र केशरी बज्राचार्यको घरम कोही नभएको अवस्थामा नगद १ लाख ६० हजार रूपैयाँ, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामानहरू गरी करिब ६ लाख ६६ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
भक्तपुर, मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरस्थित अरनीको बस्ती डेरा गरी बस्ने मोरङ घर भएका सबिन निरौलाको कोठाबाट ल्यापटप, घडी र नगद गरी करिब १ लाख ७ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
यसैगरी भक्तपुर, सूर्यबिनायक नगरपालिका-४ दधिकोट नयाँबस्ती बस्ने सानुमाया चित्रकारको कोठाबाट करिब ९ लाख ६५ हजार ७ सय रूपैयाँ बराबरको सुनका विभिन्न गहना आइतबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।