बुध, अशोज १७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

नेपालको हस्ताक्षर राखेर सार्वजनिक भएको अन्तरपार्टी निर्देशन–११ प्रति चर्को असन्तुष्टि

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
पूर्व प्रम माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर राखेर बिहीबार सार्वजनिक भएको अन्तरपार्टी निर्देशन–११ प्रति चर्को असन्तुष्टि देखिएको छ । नेताहरुको जिम्मेवारी हेरफेरसहित जारी ३४ पृष्ठ लामो अपानिप्रति पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफैले सार्वजनिक असन्तुष्टि जनाएका छन् ।

नेताहरुका अनुसार, अध्यक्ष नेपालले आफ्ना विश्वासिला नेताहरुलाई प्राथमिकतामा राखेर एक्लौटी जिम्मेवारी हेरफेर गरेको भन्दै खनाल र उनी निकट नेताहरुको अपानिप्रति असन्तुष्टि देखिएको हो । नेता खनाल त अपानि नसच्याए पार्टीमा ठूलो समस्या आउन सक्ने बताउँछन् ।

‘पार्टीको सम्मानित नेता मलाई थाहा छैन । कुन कमिटीबाट निर्णय भएको भन्ने थाहा छैन’ अनलाइनखबरसँग खनाल भन्छन्, ‘सार्वजनिक भएको अपानि मान्न सकिने अवस्था छैन । सच्चिएन भने के होला भन्ने त्यसपछि थाहा हुन्छ ।’

आगामी १४–१८ माघमा दशौं राष्ट्रिय महाधिवेशन गरिने मिति उल्लेख गरेर अपानि सार्वजनिक भएपछि केही नेताले पार्टी परित्यागकै घोषणा गरेका छन् । पार्टी छोडेको घोषणा गर्ने मध्ये रुपन्देहीका राजु गुरुङलाई अपानिले लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी दिइएको छ । गत चुनावमा रुपन्देही–२ बाट उम्मेदवार रहेका उनी प्रदेश अध्यक्षकै चाहनामा थिए ।

 

तर अपानिमा लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी सोमप्रसाद पाण्डेलाई दिइएको छ । पाण्डे आर्थिक विभाग प्रमुख र महाधिवेशन आर्थिक संकलन समिति सदस्य समेत छन् । पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लडेका पाण्डे यसअघि आर्थिक विभाग प्रमुख थिए । अध्यक्ष नेपालले आफ्ना नातेदार पाण्डेलाई तेहोरो जिम्मेवारी दिदै अपानि जारी गरेको भन्दै गुरुङले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

‘अपानि पुरापुर एक्लौटी छ । माधव नेपाललाई प्रश्न गर्नेहरुलाई भित्तामा पुर्याउने काम गरिएको छ’, खनाल निकट एक नेता भन्छन् । तर आफूलाई साथ दिने जतिलाई कुनै मापदण्डको वास्ता नगरी जिम्मेवारीको चाङ लगाइएको उनी बताउँछन् ।

पार्टी सचिव रामकुमारी झाँक्रीले पाएको जिम्मेवारी एउटा बलियो उदाहरण भएको ती नेता बताउँछन् । अपानि अनुसार, झाँक्रीले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा यूरोप, अमेरिका र ल्याटिन अमेरिकाको इन्चार्जको भूमिका पाएका छन् ।

पार्टी गठनमा माधव नेपाललाई साथ दिएपनि पछिल्लो सार्वजनिक रुपमै प्रश्न उठाउन थालेपछि जनसम्पर्क कम हुने क्षेत्रको जिम्मेवारी दिइएको उनी बताउँछन् । ‘रामकुमारी झाँक्रीले संगठन बलियो बनाउनेगरी आवश्यक भूमिका माग्नुभएको थियो । तर प्रवासको जिम्मेवारी दिइयो, त्यसमा पनि एउटा क्लस्टरको मात्रै’, ती नेता भन्छन् । तर अध्यक्ष नेपाल निकट रहेका अरु पदाधिकारीले महत्वपूर्ण र एक भन्दा बढी जम्मेवारी पाएको उनी बताउँछन् ।

तर अध्यक्ष नेपाल निकट नेता सोमप्रसाद पाण्डे भने यो अपानिलाई लिएर धारणा नबनाउने आग्रह गर्छन् । ‘यो गृहकार्य मात्रै हो, अन्तिम रुप दिएको अपानि नै होइन’ पाण्डे भन्छन्, ‘फाइनल नभएको अपानि कसैले सार्वजनिक गरिदिएछ ।’ १ असोजमा बस्ने सचिवालय बैठकबाट अपानिले अन्तिम रुप पाउने उनी बताउँछन् । ‘यो फाइनल कपी होइन भनेपछि थप कुरा गरिरहनै परेन’ पाण्डे भन्छन् ।

मापदण्डमाथि प्रश्न

नेता खनाल निकट नेताहरुले अपानि कार्यान्वयनमा नगएपनि अध्यक्ष नेपालप्रति प्रश्न उठेको बताउँछन् । ‘कार्यान्वयनमा जाने अवस्था छैन, तर माधव नेपालको चाहना त सार्वजनिक भयो’, खनाल निकट अर्का नेता भन्छन् ।

ती नेता, दशौं महाधिवेशनबाट फेरि अध्यक्ष बन्ने गरी अध्यक्ष नेपालले अपानि तयार पारेको आशंका गर्छन् । ‘फागुनमा माधव नेपाल ७१ वर्ष लाग्नु हुन्छ, त्यसैले माघमै महाधिवेशन गर्नेगरी आफ्ना विश्वास पात्रहरुमा जिम्मेवारीको थुप्रो लगाउनु भएको देखियो’, उनी भन्छन् ।

अध्यक्षमै रहिरहन सामान्य मापदण्डको समेत वास्ता नगरिएको खनाल निकट नेताहरुको बुझाइ छ । उनीहरुको दाबी अनुसार, अहिलेको अपानिमा उल्लेख भएको प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय चाहिँ पार्टी बैठकले गरेको थियो । जसअनुसार, हरी पराजुलीलाई सचिव मनोनयन गरेर लुम्बिनीको इन्चार्ज बनाउने, बागमतीको इन्चार्ज गंगालाल तुलाधार, गण्डकीको इन्चार्ज तुलबहादुर गुरुङ र जीवनराम श्रेष्ठ केन्द्रीय कार्यालय सचिव हुने थिए ।

तर अपानिमा त्योभन्दा अगाडि बढेर आफू निकट नेताहरुलाई दोहोरो÷तेहोरो जिम्मेवारी दिइएको भन्दै खनाल पक्षले असन्तुष्टि जनाएका छन् । उनीहरुले २१ जना केन्द्रीय सदस्य मनोनीतदेखि संघीय सरकारका दुई मन्त्री वेदुराम भुसाल र प्रकाश ज्वालासहित प्रमेश हमाल, नागेन्द्र चौधरी, गरिमा शाह, सोम पाण्डे लगायतलाई प्राथमिकतामा राखेर दिइएको जिम्मेवारीमा प्रश्न उठाएका छन् ।

उपाध्यक्ष हमाललाई विदेश विभाग उपप्रमुख, पार्टी स्कूल विभाग प्रमुख र महाधिवेशन आर्थिक संकलन समितिको संयोजकको जिम्मेवारी दिइएको छ । सचिव गरिमा शाह अनेम संघको सहइन्चार्ज र सुदूरपश्चिम प्रदेशको इन्चार्ज छन् । ‘एउटा पार्टी सचिवलाई यति महत्वपूर्ण र धेरै जिम्मेवारी छ । अर्को सचिव ९रामकुमारी० लाई कहिले मन्त्री बनेको भन्दै पार्टी जिम्मेवारी नदिने र दिँदा पनि प्रवासतिर दिने गर्नुले प्रश्न त उठ्छ’, खनाल नजिकका एक केन्द्रीय सदस्य भन्छन् । पहिले मन्त्रीलाई जिम्मेवारी नदिने भन्ने नीति भएपनि अहिले चाहिँ तेहोरोसम्म जिम्मेवारी दिने काम भएको उनी बताउँछन् ।

अपानिअनुसार, कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसाललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कर्णाली प्रदेश इन्चार्ज र संगठन विभागको उपप्रमुखको समेत जिम्मेवारी दिइएको छ ।

अध्यक्ष नेपालका पार्टी अर्का सचिव नागेन्द्र चौधरी मोर्चा फाँटको सहइन्चार्ज, आदिवासी जनजाति महासंघको इन्चार्ज र स्वास्थ्य विभागको प्रमुख छन् । तर कम विश्वास भएका, खनालतिर निकट रहेका र सार्वजनिक प्रश्न गर्नेहरुलाई भएकै जिम्मेवारीबाट पनि हटाउने गरिएको असन्तुष्टहरुको भनाइ छ ।

केन्द्रीय सदस्य मेटमणि चौधरी, अपानप्रतिको असन्तुष्टिमा दुई समस्या रहेको बताउँछन् । ‘अपानिमा कहीँ काहीँ मिलेको छैन, ध्यान नपुगेकै हो’ चौधरी भन्छन्, ‘अर्कातिर आफूले खोजे जस्तो नहुँदाको पनि असन्तुष्टि देखियो ।’

यो पनि पढ्नुहोस्

सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

प्रमलाई राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्छ : माकुने

३ घण्टा अगाडि
निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रियामा आधारभूत सुधारको खाँचो

निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रियामा आधारभूत सुधारको खाँचो

१० घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

भाषा सम्वन्धि विधेयकका बारेमा प्रदेश मन्त्री र सांसदहरुसंग छलफल

भाषा सम्वन्धि विधेयकका बारेमा प्रदेश मन्त्री र सांसदहरुसंग छलफल

२ मिनेट अगाडि
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

१ घण्टा अगाडि
प्रभु बैंकमा वित्तीय कारोबार आवाजबाटै गर्न सकिने

प्रभु बैंकमा वित्तीय कारोबार आवाजबाटै गर्न सकिने

२ घण्टा अगाडि
उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुनेछैन : अमेरिका

अमेरिकी कांग्रेसको भ्रमणलाई चीन बेइजिङले स्वागत गर्ने

२ घण्टा अगाडि
‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा कामनपाकाे हस्तक्षेप

पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण

२ घण्टा अगाडि
गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

२ घण्टा अगाडि

लोकप्रिय

  • अपडेट : बझाङ भूकम्पमा दर्जनभन्दा बढी घर भत्किए

    अपडेट : बझाङ भूकम्पमा दर्जनभन्दा बढी घर भत्किए

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा हेर्न गएका युवकको धारिलो हतियार प्रहारबाट हत्या

    0 shares
    Share 0 Tweet 0
  • तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    0 shares
    Share 0 Tweet 0
  • बझाङमा भुकम्पमा परेर ४० वर्षीया गुनमति धामीकाे निधन

    0 shares
    Share 0 Tweet 0
  • संविधान दिवसको अवसरमा कैदीलाई आममाफी दिएको छैन : मन्त्री श्रेष्ठ

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा हेर्न गएका युवकको धारिलो हतियार प्रहारबाट हत्या

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist