काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु अधिराज्यको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।
राप्रपा नेपालले शुक्रबार भद्रकालीमा प्रदर्शन गरेको हो। प्रदर्शनमा अध्यक्ष कमल थापासहित राप्रपा नेपालका नेता कार्यकर्ताको सहभागिता थियो।
प्रदर्शनमा सहभागीहरुले ‘जनता आऊ राजा ल्याऊ’, ‘जनता राजा मिलेर देश बचाऔँ’,’भ्रष्टाचारीलाई कालकोठरी, युवालाई रोजगारी’लगायतका नारा लेखिएका पम्पलेट बोकेका थिए।