काठमाडाैं । अभिनेता राज कटुवाललाई चिन्नेले मोडल तथा अभिनेताको रुपमा चिन्छन् । चलचित्र ‘लीला’ र ‘लालटिन’मा आफ्नो अभिनय कला देखाइसकेका राज अब नायकबाट निर्मात बन्ने भएका छन् । राज चलचित्र विकास बोर्डका निवर्तमान सदस्यसमेत हुन् । राज चलचित्र ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन् । यो चलचित्रमा चर्चित निर्देशक दिवाकर भट्टराईको निर्देशन रहनेछ । यतिबेला यस चलचित्रको छायाकंन गर्ने तयारी हुर्दैछ ।
छायाकंनअघि यस चलचित्रका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । प्रेमकथा रहने यस चलचित्रका लागि यसअघि नै मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान अनुबन्धित भइसकेका छन् ।
अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् भने समिमले यो चलचित्रबाट डेब्यू गर्दैछन् । चलचित्रमा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन् ।
क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको चलचित्रका बाँकी कलाकार र प्राविधिकको सम्पूर्ण जानकारी दिर्दै निर्माणपक्ष असोज २ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको छ ।
चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । चलचित्रको छायांकन पोखराको रमणीय स्थलमा गरिने भएको छ । पोखराकै परिवेशमा रहेर यो चलचित्रको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ ।