काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवाचन्द्र नेम्वाङको निधनको शोकमा बिदा दिएको हो। बिहीबार अन्त्यष्टि हुने भएकाले सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
बिहीबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डासमेत आधा झुकाइने भएको छ। हृदयाघातका कारण प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता नेम्वाङको निधन भएको थियो।