काठमाडौँ / काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार केशव तुलाधरलाई साधरण तारिख र गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतले गुरुङसँग सबैभन्दा बढी २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ।
कोसँग कति धरौटी माग ?
शिवजी भट्टराई तीन लाख ३० हजार
रुद्रकुमार श्रेष्ठ सात लाख ५० हजार
बालकृष्ण श्रेष्ठ सात लाख ५० हजार
कलाधर देउवा १५ लाख
धमनकुमार कार्की सात लाख ५० हजार
गोपाल कार्की सात लाख ५० हजार
विनोदप्रसाद पौडेल १५ लाख
योगराज पौडेल सात लाख ५० हजार
नारायणराज मिश्र सात लाख ५० हजार
अरुण कुमार श्रेष्ठ सात लाख ५० हजार
लोकहरी घिमिरे सात लाख ५० हजार
धुव्रप्रसाद अर्याल तीन लाख ३० हजार
बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र संजयकुमार महर्जनबाट जनही एक लाख दश हजार मात्रै।