काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसहित १७ जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।
गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीसहित रिहा गर्ने आदेश न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार दिएको हो। ललिता निवास प्रकरणका एकजना अभियुक्तलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ।