बिहि, अशोज ११, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

सुन तस्करीमा तानिए माओवादीका ४ पूर्वमन्त्रीका सचिवालय सदस्य भण्डारी

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

काठमाडौँ / भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारी सुन तस्करी प्रकरणमा पनि जोडिएका छन् । सत्तारूढ माओवादीसँग नजिक रहेका भण्डारी चिनियाँ सुन तस्करसँग ‘अस्वाभाविक सम्पर्क’ मा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

सुन तस्करीका नाइके तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीले मोबाइल सम्पर्क र सन्देश आदानप्रदान गरेको तथ्य सीआईबीले फेला पारेको हो ।
अनुसन्धान स्रोतका अनुसार दावासँग भण्डारीले पटक–पटक ‘दाइ’ सम्बोधन गरेर फोन सम्पर्क र सन्देश आदानप्रदान गर्ने गरेको देखिन्छ । दावा हाल सीआईबीको नियन्त्रणमा छन् । हङकङबाट असार २९ मा गाडी र स्कुटरका ब्रेक सुमा लुकाएर ल्याएको ६१ केजी सुन प्रकरणमा दावा पक्राउ परेका थिए । त्यस्तै, गत पुस १० मा दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर ९ केजी सुन ल्याउने तस्करका अर्का नाइके दावाजिन वाङ भने फरार छन् ।

वाङसहित सुन तस्करीको नेटवर्कमा देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पनि सीआईबीकै नियन्त्रणमा छन् । दावा जोडिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत अनुसन्धानको दायरामा छन् । त्यसकै अनुसन्धान गर्ने क्रममा बिधका सञ्चालक भण्डारी जोडिएका हुन् ।

‘सुन तस्करसँग भण्डारीको सम्पर्क र सन्देश आदानप्रदान पटक–पटक भएको देखिन्छ, हाल सीआईबीको नियन्त्रणमा रहेका दावासँग त दाजु–भाइ साइनो लगाएर संवाद भएको अनुसन्धानका क्रममा भेटिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘एकातिर सुन तस्करसँग अस्वाभाविक सम्पर्क/संवाद, अर्कातिर यही प्रकरणमा अनुसन्धानका क्रममा रहेका राहुल र दीपेशलगायत व्यक्तिसँग उस्तै निकटता देखिन्छ । त्यही भएर उनलाई अनुसन्धानको दायरामा राखेर हेरिरहेका छौं ।’

भण्डारीले दावा र उनकी पत्नी भनिएकी अमला रोकासँग आफ्नो चिनजान र सम्पर्क रहेको पुष्टि गरे । ‘कोभिड महामारीका बेला ल्याब सञ्चालन गरिएको हो, त्यही बेला दावासँग कुराकानी भएको हो । भ्याक्सिन खरिद गर्ने सन्दर्भमा दावाले ‘सिनोभ्याक’ का सञ्चालकसँग सम्पर्क गराइदिएका हुन्,’ भण्डारीले कान्तिपुरसँग भने, ‘नागढुंगा–नौबिसे सडकको ठेक्काका क्रममा पनि हाम्रो सम्पर्क भएको हो । ठेक्का प्रतिस्पर्धामा चिनियाँ कम्पनी पनि सामेल थियो, कम्पनीका प्रतिनिधिसँग पनि दावाले नै भेट गराइदिएका हुन् । यी सबै भेटघाट मेरो व्यापारिक प्रयोजनका लागि मात्रै हुन् ।’ दावासँग पछिल्लो पटक १८ महिनाअघि मात्रै सम्पर्क भएको भण्डारीको जिकिर छ ।

प्रहरी स्रोतका अनुसार दावासहित पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश, पूर्वसभामुख महराका छोरा राहुलसहितको सञ्जालसँग भण्डारीको कनेक्सन देखिएको छ । भण्डारीले राहुल र दीपेशसँग आफू मन्त्रालयमा कार्यरत रहँदा चिनेको दाबी गरे ।

२०७३ असोज २१ मा नासुबाट सार्वजनिक सेवा प्रवेश गरेका भण्डारी ४ वर्षपछि २०७७ साउन १ मा राजीनामा दिएर सेवाबाट बाहिरिएका थिए । सेवा प्रवेशको केही वर्षमै अस्वाभाविक सम्पत्ति जोडेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध २०७९ असार ३ मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा विशेषमा अझै विचाराधीन छ । पछिल्लो पटक सुन तस्करी प्रकरणमा जोडिएपछि स्रोत नखुलेको सम्पत्ति तस्करीबाट भित्रिएको सुनसँग त जोडिएको छैन भन्ने आशंका उब्जाएको अनुसन्धान स्रोतको भनाइ छ ।

सरकारी सेवामा रहँदा भण्डारी माओवादीबाट मन्त्री बनेका चार जनाको सचिवालयमा बसेका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका महरा, पूर्वऊर्जामन्त्री वर्षमान पुन, पूर्वसंघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र पूर्वसमाज कल्याणमन्त्री आशा कोइरालाको स्वकीय सचिवालयमा बसेर काम गरेका भण्डारीले राजीनामा दिएर कोभिड महामारीका बेला बिध ल्याब सञ्चालन गरेका थिए । ल्याबलाई सरकारले अस्वाभाविक रूपमा कोभिड परीक्षण गर्न अनुमति दिनुका साथै स्वास्थ्य सामग्री खरिदमा पनि सामेल गराएको आरोप लागेको थियो ।

यस्तै, चिनियाँ गिरोहसँग मिलेर सुन तस्करी गरेको कसुरमा बाराका सुनचाँदी व्यवसायी शिव सर्राफ पक्राउ परेका छन्, अर्का व्यापारी भोला सर्राफ फरार छन् । बारा कलैयाका दुवैको चिनियाँ सुन तस्कर दावा छिरिङ र दावाजिन वाङसँग सम्पर्क देखिएको हो । दुवै व्यापारीसँग हालै नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका रूपन्देहीका सुमन खरेलको पनि सम्पर्क खुलेको छ । ‘तस्करीबाट भित्रिएको सुन व्यवस्थापन गर्नेदेखि भारतसम्म पुर्‍याउने भूमिकामा भोला र शिव सर्राफको भूमिका हुन सक्छ,’ प्रहरी स्रोतले भन्यो ।

६१ केजी सुन तस्करीमा २८ पक्राउ परिसकेका छन् । त्यसमध्ये राहुल महरा भने भेप प्रकरणमा समातिएका हुन् । भेप प्रकरणको अनुसन्धान गर्न अझै डेढ महिना समय बाँकी छ ।

यो पनि पढ्नुहोस्

धनुषामा गोली प्रहार गरी एक जनाको हत्या

पीएसओकी पत्नीमाथि गोली प्रहार

२३ घण्टा अगाडि
नदीजन्य पदार्थ बिक्रीको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुखसहित ४ जना विरुद्ध मुद्दा दर्ता

नदीजन्य पदार्थ बिक्रीको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुखसहित ४ जना विरुद्ध मुद्दा दर्ता

२३ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

खोइ महानगरका खाद्य निरीक्षक ?

खोइ महानगरका खाद्य निरीक्षक ?

८ घण्टा अगाडि
४६ देशका पर्यटक रामारोशनमा

४६ देशका पर्यटक रामारोशनमा

१२ घण्टा अगाडि
दीपेन्द्रका बुवा भन्छन्ः छोराको कीर्तिमानले देश खुसी भएको छ

दीपेन्द्रका बुवा भन्छन्ः छोराको कीर्तिमानले देश खुसी भएको छ

१२ घण्टा अगाडि
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

१२ घण्टा अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

१३ घण्टा अगाडि
नेपाल र चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चिनियाँ प्रधानमन्त्रीको भनाई

नेपालको वैदेशिक सम्बन्ध चौपट !

१३ घण्टा अगाडि

लोकप्रिय

  • वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    0 shares
    Share 0 Tweet 0
  • पीएसओकी पत्नीमाथि गोली प्रहार

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

    0 shares
    Share 0 Tweet 0
  • राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist