काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीको आयाेजनामा गत भदौ २० गते बिहीबार हार्दिक होटेलमा बसेको कमिटीको बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै घोर भर्त्सना गरेकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी काठमाडौं महानगरको बैठक २० गते सम्पन्न भएको बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरुका सन्दर्भमा पार्टीका आन्तरिक जीवनसँग सम्बन्धित कतिपय कुराहरु एक आपसमा रहेका मनमुटाव सन्दर्भमा ब्यवस्थापन गर्न संगठनको आन्तरिक ब्यवस्थापन र संगठनलाई चुरुस्त दुरुस्त राख्नका लागि समय समयमा संगठनको अध्यावधि गर्दै कतिपय सदस्यहरुको बिदाई तथा कतिपय सदस्यहरुलाई प्रणालीगत रुपमा थप गर्दै माथिल्लो कमिटीले जारी गरेका निर्देशन अनुरुप भएको नेकपा (एमाले) काठमाडौं महानगर कमिटी अध्यक्ष निर्मल देउलाले जनाए ।
नेपाल सरकारलाई घ्यानाकर्षण गराउन २४ गते ३ बजे माइतीघरदेखि सिंहदरबार सम्मको अनन्तकाल देखि ब्यवस्थित हुन नसकेको भुमि सम्बन्धित समस्याहरुको समाधानमा ढिलाइका विरुद्धमा बृहत प्रदर्शन आयोजना गरेको कुरा थप प्रकाश गर्नुभयो।