आइत, अशोज १४, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मनाङका मुख्य पर्यटकीय क्षेत्रको अनुगमन

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
मनाङका मुख्य पर्यटकीय क्षेत्रको अनुगमन

मनाङ । हिमाली जिल्ला मनाङ आउने पर्यटक मौसम सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम सुरु भएसँगै प्रमुख पर्यटकीय क्षेत्रको अनुगमन सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय ९एक्याप०को समन्वयमा जिल्ला सुरक्षा समितिले अनुगमन सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले पर्यटक आगमन हुन थालेपछि यात्रा सुरक्षित र सहज होस् भन्ने उद्देश्यले अनुगमन गरिएको बताए । हिमाली क्षेत्रमा आउँदा लेक लाग्न सक्ने भएकाले पर्यटकले सचेतता अपनाउनुपर्ने उनले बताए।

“विशेष गरी पर्यटक आउँदा बाटो राम्रो बनाउनुपर्छ भन्ने हेतुले अनुगमन गरिएको हो, एक पटक आएका पर्यटकलाई फेरि पनि लोभ्याउने गरी बाटो सुरक्षित बनाउनु आवश्यक छ, बाटो सुरक्षित तवरबाट पार गर्न सहजीकरण गर्न एक्यापलाई आग्रह गरेका छौँ”, उनले भ, “पर्यटकको स्वास्थ्यमा समस्या आएमा तुरुन्त खबर गर्नका लागि दूरसञ्चार सेवाको सहज पहुँच बनाउन समन्वय गर्नुपर्ने देखिएको छ, यसको प्रवाह सहज बनाउने प्रयासमा छौँ ।”

तिलिचो ताल क्षेत्रबाट प्राकृतिक दृश्यावलोकनका लागि बस्ने स्थान निर्माण गर्नुपर्ने देखिएको उनले बताए । हिमपात नभएको अवस्थामा ढुङ्गा राखे बस्न सकिन्छ भने हिउँ भएको अवस्थामा बस्ने स्थान निर्माण गरी पर्यटकलाई सहज बनाउने ढङ्गले व्यवस्थापन गर्न एक्यापलाई सुझाव दिएको उनले बताए। पछिल्लो समय मनाङको थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल लगायतका महत्वपूर्ण पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ ।

“बाटो सहज बनाउनुका साथै टि हाउस व्यवस्थित गर्न एक्याप लागिपरेको छ”, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय ९एक्याप० मनाङका प्रमुख ढकबहादुर भुजेलले भने, “हिमाली क्षेत्रमा बाटो देखाउन राखिएका साइनिङ पोल, बोर्ड हावा तथा हिउँले खुइलिने भएकाले कहाँ कस्तो अवस्था छ भन्ने अवलोकन गरेका छौँ, ती बिग्रिएका स्थानमा नयाँ बोर्ड राखेर पर्यटकलाई गन्तव्यमा पुग्न सहज बनाउन लागेका छौँ ।”

विशेष गरी यस सिजनमा आन्तरिक पर्यटक बढी आउने उनको अनुभव छ । उनका अनुसार विदेश पर्यटक ‘हाइ अल्टिच्युड’को अभ्यास गरी आउने गर्दछन् । जसले गर्दा उनीहरुमा समस्या कम देखिन्छ तर, स्वदेशी पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको प्रमुख भुजेलले बताए । योजनाबद्ध तवरबाट यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा स्वदेशी पर्यटकमा लेक लाग्ने समस्या नहुने उनको भनाइ छ ।

ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यस जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य यसै पालिकामा पर्ने हुँदा पर्यटकलाई सहज रुपमा गन्तव्यसम्म पुग्ने वातावरण तयार गरिएको बताए । उनका अनुसार तिलिचो तालसम्म पुग्ने क्रममा ठाउँठाउँमा सार्वजनिक शौचालय, खानेपानी, फोहरमैला व्यवस्थापनका लागि डम्पिङसाइट निर्माण गरिएको छ । पर्यटकलाई मध्यनजर गरी तिलिचो बेस क्याम्पमा अस्थायी स्वास्थ्य केन्द्र राखिएको अध्यक्ष घलेले बताए ।

त्यस्तै थोराङ्ला भञ्ज्याङतर्फ जाने पर्यटकलाई सहज बनाउन पनि सार्वजनिक शौचालय, खानेपानी, फोहरमैला व्यवस्थापनका लागि डम्पिङसाइट निर्माण गरिएको छ । घुम्ने मौसम सुरु भएसँगै मनाङमा हालसम्म एक सय ४९ बाह्य पर्यटक आगमन भएको एक्यापको तथ्याङ्कमा उल्लेख छ । सन् २०२३ को जनवरीदेखि हालसम्म १० हजार तीन सय ५० बाह्य पर्यटक भित्रिएको एक्यापले जनाएको छ ।

मनाङमा दुई सिजनमा पर्यटक घुम्न आउने गर्दछन् । हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी कोही मुस्ताङ त कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पदयात्राको सुरुआत हुन्छ ।

अन्नपूर्ण पदमार्ग लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्लामा जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् भने पदमार्गबाट मनाङका विभिन्न पर्यटकीय स्थानको अवलोकन गर्दै यात्राको सुरुआत गर्दछन् । रासस

यो पनि पढ्नुहोस्

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

३३ मिनेट अगाडि
पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए

पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए

२ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

‘बसन्त’का दुई कृति एकसाथ

‘बसन्त’का दुई कृति एकसाथ

१० मिनेट अगाडि
पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

१९ मिनेट अगाडि
पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

३३ मिनेट अगाडि
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

५३ मिनेट अगाडि
आजको तरकारी तथा फलफूलको बजार भाउ सार्वजनिक

आजको तरकारी तथा फलफूलको बजार भाउ सार्वजनिक

५७ मिनेट अगाडि
प्रम दाहालको अमेरिका र चीन भ्रमणको कार्यतालिका (सम्बोधनसहित)

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने

१ घण्टा अगाडि

लोकप्रिय

  • ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    0 shares
    Share 0 Tweet 0
  • प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, धमाधम सम्बोधन हुँदै नागरिकका गुनासा

    0 shares
    Share 0 Tweet 0
  • पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
  • २०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी : रवि लामिछाने

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist