काठमाडौं । नेपाल राष्ट्रबैंकले आज (बुधवार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअन्तर्गत, युरोको मूल्यमा केही गिरावट आएको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ९८ पैसामा झरेको छ ।
हिजो युरोको खरिद दर १४२ रुपैयाँ, ७२ पैसा रहेको थियो भने बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको थियो । त्यसै गरी आज अमेरिकी डलरको मूल्य १३२ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।