अमेरिकाको पूर्वी टेक्सासस्थित हन्ट्सभिलेमा तीब्र गतिमा फैलिरहेको डढेलोका कारण जनजीवन प्रभावित भएको छ।
शुक्रबारबाट फैलिएको आगोका कारण सडक अवरुद्ध हुनुका साथै स्थानीयलाईस्थानान्तरण गरिएको छ। अहिलेसम्म जनधनको कुनै क्षति नभएको बताइएको छ।
डढेलोले १२ सय एकड क्षेत्रफल जलेको बताइएको छ। आगोका कारण जंगलका रुखहरु सुकेका छन् भने अन्य जीवजन्तुको धेरै क्षति भएको बताइएको छ। आगो अझै बढ्नसक्ने बताइएको छ। पछिल्लो केही समय यता कम वर्षाका कारण अमेरिकामा डढेलो लागिरहेको छ।
अधिकारीहरुले ३६३ वर्ग किलोमिटर भन्दा बढी जंगलमा डढेलो लाग्न सक्ने बताएका छन्।