काठमाडौँ । क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्रा गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी घर भएका २७ वर्षीय पुरुषोत्तम कार्की छन् ।
बूढानकिलण्ठ नगरपालिका स्थित पासिकोट बस्दै आएका कार्कीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनले भने–‘आरोपीतले क्रिप्टोमार्फत लाखौंको कारोबार गरेको भेटिएको छ ।’
क्रिप्टो करेन्सीमार्फत आर्थिक कारोबार गर्दा नोटको कारोबार हुँदैन । कारोबार गर्ने व्यक्तिको आईडीमा खाता हुन्छ । खातालाई ब्लकचेन भनिन्छ । सो ब्लकचेमा भएको डिपोजिटलाई भुक्तानीको रुपमा कारोबारीले बेच्छन् ।
कार्कीले सामाजिक संजाल मार्फत क्रिप्टो खरिद बिक्री गर्नेबारे ‘बार्गेनिङ’ गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।