काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य अभेष झाको निधन भएको छ ।
४२ वर्षका झा केही समयअघि बिरामी परी घरमै स्वास्थ्यलाभ गरिरहेमा उनको मंगलबार बिहान ८:३० बजे काठमाठौंको मरुहिटीस्थित निवासमा निधन भएको नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति अध्यक्ष श्रीजन झाले जानकारी दिए ।
पत्रकार झाको अल्पायुमै भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको महासंघद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ ।
विगत एक दशकदेखि पत्रकारितामा सक्रिय रहेका झाले कान्तिपुर हटलाइन डटकममा काम गरेका थिए । स्वर्गीय झाको श्रीमती र एक छोरी छन् ।