काठमाडौं । भारत विरुद्ध उत्कृष्ट इनिङ खेल्दै ओपनर आसिफ शेख ५८ रनमा आउट भएका छन्। उनी २९.५ ओभरमा मोहम्मद सिराजको बलमा विराट कोहली द्वारा क्याचआउट भए।लगतै केही समय वर्षाले खेल रोकेपनि पुन सुरु भएको छ।
एसियाकप अन्तर्गत जारी खेलमा नेपालले २९.५ ओभरमा आसिफलाई १३२ रनको अवस्थामा गुमाउन पुग्यो। नेपालका लागि सर्वाधिक अर्धशतक बनाएका आसिफ शेखले आफ्नो करिअरको १० औं अर्धशतक बनाउन सफल रहे।
उनले एसियाकप क्रिकेट अन्तर्गत भारत विरुद्धको जारी खेलमा २७.२ ओभरमा मोहम्मद सिराजलाई १ रन प्रहार गर्दै आसिफले करिअरको १० औं अर्धशतक बनाएका हुन्।
अहिले नेपालले ३१.१ ओभरको समाप्तीमा ५ विकेट गुमाएर १ सय ४० रन बनाएको छ। क्रिजमा गुल्सन झा २३ रन र दिपेन्द्र सिंह ऐरी ६ रनमा रहेका छन्।