काठमाडौँ- महानगरपालिकाका मेयर बालेन शाहले सरकारले महानगरका गाडी रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन्।
उनले सिंहदरबारमा आगो लगाइदिने चेतावनी सामाजिक सञ्जालबाट दिएका हुन्।
शनिबार अबेर ९ बजेर ३५ मिनेटमा सामाजिक सञ्जालमा उनले राखेको स्टाटसमा आफ्नो गाडी सरकारले रोकेको र आगामी दिनमा पनि रोकिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन्।