काठमाडौं / भीरबाट खसेर तनहुँमा एक जनाको मृत्यु भएको छ। घिरिङ गाउँपालिका–ग्याजाका ६८ वर्षीय पदमबहादुर श्रेष्ठले मृत्यु भएको हो।
बिहान साढे १० बजे ग्याजा पैरनी भीरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।