काठमाडौँ- इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा आमरण अनशनमा बसेका नेपाल विद्यार्थी संघका नेता सुलभ चापागाईंले धम्कीका कारणले अनशन तोड्न बाध्य भएको बताएका छन्। शुल्क बृद्धिको निर्णय तत्कालका लागि फिर्ता लिएपछि आमरण अनशन स्थगन गरेका चापागाईँले आफूले दबाबमा परेर अनशन तोडेको बताएका छन्।
उनी नौ दिनदेखि अनशनमा थिए।
त्रिवि पदाधिकारी र विद्यार्थी संगठनहरुबीच बुधबार भएको सहमतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डिन सहभागी नभएको भन्दै चापागाईँले आपत्ति प्रकट गरेका छन्।
यसबारे आफूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई जानकारी गराएको तर अध्यक्ष शेर्पाले आफू र आफूलाई सहयोग गरेकाहरुलाई धम्की दिएर अनशन तोडाएको चापागाईँको जिकिर छ।
उनले आफूलाई धम्कीपूर्ण गालीगलौज सहित भौतिक दुर्व्यवहार गरी अनशन तोड्ने परिबन्दमा पारिएको दाबी गरेका छन्।
‘म स्वयंले असुरक्षित महसुस गरेर राति करिब १२ बजेतिर वीर हस्पिटलको क्याबिन नं. ३०९ बाट निस्केको थिएँ, तसर्थ, हामी सबैको सुरक्षाको माग गर्दै नेपाल सरकार, नेपाली कांग्रेस पार्टी, प्रहरी प्रशासन र सम्पूर्णको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले लेखेका छन्।
यस्तो छ उनले लेखेको स्टाटस: