आइत, अशोज ७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुन तस्करी प्रकरणमा किशोर बस्नेत पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
सुन तस्करी प्रकरणमा किशोर बस्नेत पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा प्रहरीले किशोर बस्नेतलाई पक्राउ गरेको छ। बस्नेत यसअघि पक्राउ परेका दावा छिरिङको विश्वासपात्र भएको र उनीबाट गिरोहबारे महत्त्वपूर्ण सूचना फेला पर्ने प्रहरीको अपेक्षा छ।यो घटना बाहिरिनासाथै बस्नेत भारत भागेका थिए।

सीआईबीले भारतीय समकक्षीको समन्वयमा बस्नेतलाई नेपाल ल्याएको हो। साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुरक्षा जाँचपछि बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

दावा यो प्रकरणमा पक्राउ परेका हालसम्मका सबैभन्दा उच्च तहका आरोपित हुन् । यो समूहले चीन, हङकङ, दुबईबाट सुन नेपाल ल्याएर भारतीय बजारमा आपूर्ति गर्दै आएको प्रहरीको भनाइ छ। समूहले विद्युतीय सामग्रीभित्र लुकाएर ल्याएको सुन नेपालमा पगालेर भारत पु¥याउने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।राजस्व अनुसन्धान विभागले काठमाडौंको टोखा, बालुवाटार लगायत क्षेत्रमा सुन गाल्ने मशिन सहितको गोदाम फेला पारेको थियो। तर, प्रहरीले तस्कर गिरोहको उपल्लो तह छिचोल्न सकेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ उपरीक्षक हङकङ पुगेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् । अनुसन्धान गर्न ब्यूरोले एकजना अधिकृतलाई भारतमा पठाउने भएको छ ।

सूचना संकलनका लागी एकजना अधिकृतलाई भारत पठाउने तयारी भइरहेको छ । हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन रिसिभ गर्ने समूहको अनुसन्धानका लागि भारतमा पठाउन लागिएको हो । भारतमा गएर ती अधिकृतले नयाँ ‘इन्टरपोल भारत’ सँग समन्वय गरेर सूचना संकलन गर्नेछन् । दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीलाई पनि सुन प्रकरणको अनुसन्धान टिममा सामेल गरिएको छ । चतुर्वेदीले भारतबाटै अनुसन्धानमा सघाइरहेको ब्यूरोका अधिकारीहरु बताउँछन् । चतुर्वेदीसँग समन्वय गरेर ब्यूरोले सुन तस्करीमा संलग्न आरोपित किशोर बस्नेतलाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ ।

बुधवार बस्नेतलाई काठमाडौँ ल्याइएको हो । सीआईबीले सूचना संकलनका लागि प्रहरी बरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको छ । साउन १२ मा राति उनी हङकङ प्रस्थान गरेका हुन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् । हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।

विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो । अनुसन्धानका लागी इन्टरपोलको सहयोग माग्दै सीआईबीले प्रहरी प्रधान कार्यालयमार्फत यसअघि नै पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय हङकङ र दुबईबाट सुन तस्करी हुने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

बरामद सुन ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर काठमाडौँमा ल्याएको थियो । नेपालमा ल्याएपछि सुनलाई गालेर गिरोहले भारत पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ ।इन्टर्पोल बेइजिङका दुईवटा सब–ब्यूरो (हङ्गकङ र मकाउ) रहेकोमा सीआईबीले उसमार्फत् हङ्गकङ सब–ब्यूरोबाट सहयोग मागेको हो।

प्रहरीका अनुसार साठी किलो सुन मोटरसाइकलको ब्रेक शूमा हङ्गकङबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पास भएर बाहिरएको थियो।उक्त सुन तस्करी प्रकरणमा अन्तर्देशीय साठगाँठ देखिएकोले इन्टर्पोलसँग सहयोग मागिएको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य बताइन्।

पटकपटक ठूलो परिमाणमा अवैध सुन बरामद गरेको नेपाल प्रहरीका अधिकारीहरूले मूलतः भारत लग्ने उद्देश्यले सुन तस्करी हुने गरेको बताउँदै आएका छन्।पछिल्लो सुन तस्करी प्रकरणबारे छानबिनका लागि आयोग गठन गर्ने दलहरूबीच सहमति भइसकेको छ।त्यसअघि आयोग गठन गर्न सत्तारूढ दलहरू सहमत नहुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालले संसद् अवरुद्ध गर्दै आएको थियो।

रेडी ट्रेड प्रालिले बाइकको १६० सेट ब्रेक शू आठवटा प्याकेटमा ल्याएको थियो जसको तौल १४५ किलो थियो। गत असार ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार गोदाममा पुगेको त्यो सामान साउन २ गते भन्सार पास भएर निस्किएको थियो।लगत्तै राजस्व अनुसन्धान विभागको टोलीले सुनसँगै ट्याक्सीचालक सहित केही सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।भन्सार कार्यालयका अधिकारीहरूका अनुसार ३२० थान ब्रेक शूमा सुन लुकाएको पाइएको थियो।

शुरूमा एक क्विन्टल सुन तस्करी भएर आएको भनिए पनि पछि नेपाल राष्ट्र ब्याङ्कले गालेर तौल लिँदा ६० किलो रहेको पाइएको थियो।

यो पनि पढ्नुहोस्

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

६ घण्टा अगाडि
आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

१० घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

६ घण्टा अगाडि
आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

१० घण्टा अगाडि
बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

१० घण्टा अगाडि
पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

१० घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक १९.४२ अंकले घट्याे

११ घण्टा अगाडि
लेबनान र इजरायलबिचको सीमामा तनाव सुरु

लेबनान र इजरायलबिचको सीमामा तनाव सुरु

११ घण्टा अगाडि

लोकप्रिय

  • ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

    ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

    0 shares
    Share 0 Tweet 0
  • बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • नेपालमा बिहार आसपासको न्यून चापीय प्रभाव

    0 shares
    Share 0 Tweet 0
  • पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

    0 shares
    Share 0 Tweet 0
  • बीआरआईमा नेपालको सक्रिय सहभागिता रहन्छ : प्रधानमन्त्री दाहाल

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

डलरको भाउमा नयाँ रेकर्ड कायम

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

शिक्षकको मर्यादा तोकिनेदेखि यस्ता छन् ६ बुँदे सहमति

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist