रोल्पा । लुङ्ग्री गाउँपालिका-५ सेवारस्थित सडकमा रा.१ प ७४३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४९ वर्षीय भुजन बुढाथोकीको बिहीबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर हुँदै लुम्बिनी सिटी अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।