शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चीनले नेपाली भू–भाग भारतमा विलय गराएर नक्सा जारी गरेकोप्रति आपत्ति

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
चीनले नेपाली भू–भाग भारतमा विलय गराएर नक्सा जारी गरेकोप्रति आपत्ति

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले चीनले जारी गरेको नक्सामा नेपालको भू–भागलाई भारततर्फ देखाएको भन्दै आपत्ति जनाएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषद्ले चीनले आफ्नोसहित छिमेकी राष्ट्रहरुको नक्सा जारी गर्दा नेपालको भू–भाग भारतको नक्सामा देखाउनुले गम्भीर आशंका र दरार उत्पन्न गराएको बताएको हो ।

चीनले भू–राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सालाई स्वीकार नगर्नु र उक्त भू–भाग भारततर्फ देखाउनु दुई देशबीचको मिलेमत्तोको आशंका उब्जिएको पूर्व सुरक्षाकर्मी परिषद्को ठहर छ ।

चीनद्वारा प्रकाशित त्रुटीपूर्ण नक्साले सम्पूर्ण नेपालीहरुको स्वाभिमान र आत्मसम्मानलाई ठेस पुर्याएको परिषद्को बुझाइ छ । चीनसँग नेपालको सदियौदेखि छुट्टै र विशेष घनिष्ट सम्बन्ध रहँदैआएको बताउँदै परिषद्ले चीनले जारी गरेको उक्त नक्सा सच्याउन आह्वान गरेको छ ।

पूर्वसुरक्षाकर्मी परिषद् नेपालका अध्यक्ष कोमलबहादुर राउतले चीन र भारत दुई ठूला देशहरुले नेपाललाई सानो भनेर हेप्ने गरेको बताए । देशमा संकट आएको बेला पूर्व सुरक्षाकर्मी परिषद्ले निरन्तर आवाज उठाउँदै आएको उनले स्मरण गराए । उनले नेपाल र चीनबीचको सम्बन्ध एकदमै प्रगाढ रहेको बताउँदै उक्त नक्सा तत्काल सच्याउन पहल गरिनुपर्ने बताए ।

‘पूर्वसुरक्षाकर्मी परिषद् नेपाल राष्ट्र र राष्ट्रियताका निमित्त खबरदारी गर्न कञ्जुस्याँई गर्दैन । छिमेकी राष्ट्रहरुको बीचमा हामी सानो छौं । तर, बलियो छौं । हामीलाई सानो भनेर हेप्ने कुरा भइरहेका छन्,’– उनले भने ।

पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय सदस्य एवं प्रवक्ता हेमशंकर गिरीले नेपालले मित्र राष्ट्र चीनमाथि अत्यन्तै भरोसा गरेको बताए । नेपालमाथि अन्य राष्ट्रबाट आउनसक्ने खतराहरुमा सुरक्षा मित्र राष्ट्र चीनले गर्छ भन्ने अपेक्षा रहेकोमा नेपालको भू–भाग नै अर्को देशको नक्सामा विलय गराउनु आपत्तिजनक रहेको बताए ।

हिजोका दिनमा नेपालको स्वाधीनता र सार्वभौम सत्ताको रक्षा र विकास निर्माणका पूर्वाधार निर्माणमा सहयोग गरेको चीनले नेपालको भू–भाग भारतमा विलय गरेर नक्सा जारी गर्नु दुःखद् भएको बताए ।

विदेशीलाई गाली गर्नुभन्दा पहिला २०७७ सालमा जारी चुच्चे नक्सा सबै छिमेकी देशको कूटनीतिक नियोगमा सरकारमार्फत पुग्यो वा पुगेन भनेर बुझ्न आवश्यक रहेको उनको भनाई छ । कूटनीतिक नियोगमा उक्त चुच्चे नक्साबारे जानकारी नपुगेको भएमा स्वयम् राजनीतिक दल र नेताहरुले जिम्मेवारी लिनुपर्ने उनले बताए ।

‘विदेशीलाई गाली गर्नुभन्दा पहिला कमजोर कूटनीतिक र राजनीतिक दलहरुलाई गाली गर्नुपर्ने अवस्था छ । २०७७ सालमा चुच्चे नक्सा जारी भएपछि आफ्नो भू–राजनीतिक नक्सा जारी गरेको पत्र सम्बन्धित सबै कूटनीतिक निकाय जानकारी गराएको छ कि छैन ?’ प्रश्न गर्दै उनले भने, ‘त्यो पत्र आधिकारिक रुपमा चीनको राजदूतावास वा कूटनीतिक नियोगमा पुग्यो कि पुगेन ? होईन भने यिनै पार्टी र नेता निकम्म भएको ठहर हामी नेपाली जनताले गर्न आवश्यक छ ।’

पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष खगेन्द्र बस्नेतले गौतम बुद्धको शान्तिको देशमा आफूहरुले शान्तिपूर्वक बस्न चाहेको बताए । सरकार र राजनीतिक दलहरुले राष्ट्र र जनताको हितमा काम गर्न नसकेको उनको भनाई छ । उनले छिमेकी राष्ट्रहरुलाई छिमेकीको स्थानमा बस्न र सानो भनेर नहेप्नका चेतावनी दिए ।

पूर्वसुरक्षाकर्मी परिषद् नेपाल केन्द्रीय सदस्य एवं चन्द्रागिरी नगर समितिका अध्यक्ष विक्रमबहादुर पाण्डेले चीनले नेपालको भू–भाग भारतको नक्सामा विलय गराएर सर्वाभौम सत्तामाथि प्रहार गरेको आरोप लगाए । आफूहरुले बारम्बार राष्ट्र र राष्ट्रियताको लागि खबरदारी गरिरहेको बताउँदै उनले राष्ट्र र राष्ट्रियताको लागि गठबन्धन सरकारलाई धेरै झक्झक्याउँदा केही सुन्न नचाहेको गुनासो गरे ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपाल सह–सचिव मोहनसिंह खड्काले चीनले नेपालको भू–भाग भारतमा विलय गराएर नक्सा जारी गर्दा तीन करोड नेपालीको मन रोएको टिप्पणी गरे । चीनले गल्ती गरेको छ भन्ने कुरा कटनीतिक तरिकाबाट सरकारले महसुुस गराउन आवश्यक रहेको उनले बताए ।
नेपाली सेनाका पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यातले चीनले भारतलाई खुसी बनाउनका लागि नेपाली भू–भाग भारतीय नक्सामा विलय गराएको आरोप लगाए । आजभन्दा पहिला चीनले नेपाललाई कहिल्यै पनि नराम्रो दृष्टिले नहेरेको भन्दै उनले उक्त नक्सा सच्याउन आग्रह गरे । आफूले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहबाट उक्त कुरा थाहा पाएको बताउँदै उनले बालेन्द्रको प्रशंसा गरे ।

‘मैले कुरा थाहा पाएँ बालेनजी बाट । काठमाडौंका मेयर बालेन माई स्यालुट टू यु बालेन । तपाईँले धेरै असल काम गर्नु भएको छ,’– उनले भने ।
बालेनले देशको सार्वभौमतामाथि प्रहार गर्ने चीन राष्ट्रको भ्रमण नै रद्द गराएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो विवाद नसल्ट्याई चीन भ्रमणमा जान नहुने उनको भनाई छ । नेपालीहरु कहिले पनि चीनको दास नभएको बताउँदै बरु दास्रो विश्वयुद्धमा नेपाली सेनाले चीनमा गएर तालिम दिएको स्मरण गराए । चीनले भारतको पक्षमा लागेर नक्सा जारी गरेको उनको आरोप छ । ‘नेपाली राजनीतिज्ञ अमेरिकी दलाल त भए, अब चीनको दलाल भएको हेर्न बाँकी छ,’– उनले भने ।

सीमाविद् एवं पूर्वनापी महानिर्देशक बुद्धिनारायण श्रेष्ठले चीनले जारी गरेको नक्साका सन्दर्भमा नेपालले कूटनीतिक तहबाट सच्याउन लगाउन आवश्यक रहेको बताए । नेपाल सरकारले उक्त नक्सा सच्याउन लगाउने सामथ्र्यता नराखेमा सरकारको अकर्मण्यता पुष्टि हुने र नेपाली जनताले सधैं दुत्कारीरहने उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

नक्कली नोटसहित पक्राउ

८ मिनेट अगाडि
भड़ारमा रुख बाट लड्दा एक महिलाको मृत्यु

बालबन्दीहरूबीच झडप हुँदा एक जनाको मृत्यु

१४ मिनेट अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

नक्कली नोटसहित पक्राउ

८ मिनेट अगाडि
भड़ारमा रुख बाट लड्दा एक महिलाको मृत्यु

बालबन्दीहरूबीच झडप हुँदा एक जनाको मृत्यु

१४ मिनेट अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१६ मिनेट अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

१७ मिनेट अगाडि
विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

५० मिनेट अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

२ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
  • प्रधान सेनापति महारथी प्रभुराम शर्मा नयाँ दिल्ली जाँदै

    0 shares
    Share 0 Tweet 0
  • प्रहरीमाथि हातपात गरेको अभियोगमा तीन जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist