काठमाडौं । उपप्रधान एर्व रक्षामन्त्री समेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बुधबारदेखि अस्पताल भर्ना भएका छन्। प्रोस्टेटको अपरेशनका लागि उनी छाउनीस्थित सैनिक अस्पताल भर्ना भएका हुन्।
उपप्रधानमन्त्री खड्कालाई भेटेर फर्किएका कांग्रेस नेता रामहरि खतिवडाले उनको बुधबार राति अपरेसन गरिएको जानकारी दिए। अपरेसनपछि स्वास्थ्यस्थित सामान्य रहेको छ। उनलाई केही दिन अस्पतालमै बस्न डाक्टरले सुझाएका छन्।