काठमाडौं । सत्तारूढ दल नेकपा एसका सांसद अमरबहादुर थापाले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई ‘अपराधी’को संज्ञा दिएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विकास कोषको विपक्षमा अन्तरिम आदेश दिने सर्वोच्च अदालतका न्यायाधीशहरूलाई ‘अपराधी’ को संज्ञा दिँदै महाअभियोग लगाउनुपर्ने जनाएका हुन्।
थापाले अदालतले शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप नचलेको र व्यवस्थापिकाले पास गरेको अर्थ विधेयकलाई चुनौती दिएको तर्क गरे। उनले कानुन बनाउने काम अदालतको हो कि संसद्को? भनेर प्रश्न गरे। थापाले अर्थ विधेयक एक वर्ष कसैले काट्न नसक्ने कानुन भएको समेत दाबी गरे।
सांसद र संसद्ले जवाफ दिनुपर्ने परिस्थिति अदालतले निर्माण गरेको भन्दै उनले आफ्नो अन्तरिम आदेशबाट अदालत व्यापक भएन भने यस्ता फैसला आदेश गर्ने न्यायाधीशहरूलाई महाअभियोग लाउनुपर्ने र पदबाट हटाइनुपर्ने जनाए । उनले भने,‘मुलुकमा सुन तस्करीमाथिको कारबाही कहाँसम्म पुग्यो भन्दै प्रश्न पनि गरेका छन्। भुटानी शरणार्थीहरुको अबस्था कहाँसम्म पुग्यो? मानवतस्कर गर्नेहरु माथि पनि कारवाही होस्।’