काठमाडौं । नेपाल राष्ट्रिय पुरुष टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा रहेको अफगानिस्तानले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
मैत्रीपूर्ण खेलका लागि अफगानिस्तान बंगलादेश पुगिसकेको छ । खेल सेप्टेम्बर ४ र ७ मा ढाकास्थित बसुन्धरा किंग्स एरिनामा हुनेछ ।
दुवै टोली फिफा विश्वकप २०२६ तथा एएफसी एसिया कप २०२७ को प्रारम्भिक छनोटको तयारीमा छन् । छनोटको प्रारम्भिक चरणमा अफगानिस्तानले मंगोललिया तथा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछन् ।