काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति बैठकले केन्द्रीय अनुशासन समितिको कार्यविधि २०८० लाई संशोधनसहित पारित गर्ने निर्णय गरेको छ।
आइतबार अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा बसेको बैठकले कार्यविधि संशोधनसहित पारित गरेको हो।
बैठकले समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम के.सी.लाई मनोनयन गर्ने निर्णय गरेको छ। सचिव के.सी.का अनुसार समितिको अर्को बैठक सोमबार बिहान ८ बजे बस्नेछ।