शुक्र, अशोज १२, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्षमताभन्दा बढी शय्याबाट सेवा दिँदै जिल्ला अस्पताल मुगु

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
क्षमताभन्दा बढी शय्याबाट सेवा दिँदै जिल्ला अस्पताल मुगु

रजनी याेगी

सुर्खेतlस्वास्थ्य सेवा कार्यालय मुगुमा शय्या क्षमताभन्दा बढी सेवा प्रवाह भइरहेको छ । अस्पतालमा विगत केही वर्षदेखि क्षमताभन्दा बढी शय्याबाट सेवा प्रवाह भइरहेको हो ।

अस्पतालको क्षमता १५ शय्याको भए तापनि अहिले ४० शय्याबाट सेवा प्रवाह भइरहेको छ । भौतिक संरचनाले बिरामीको चाप थेक्न सक्ने अवस्था छैन । तर बिरामीको चाप बढ्दै गएपछि भने शय्या सङ्ख्या बढाएर सेवा दिइरहेको कार्यालयका निमित्त प्रमुख डा. कमल ढुंगानाले जानकारी दिनुभयो । “अस्पतालको क्षमता १५ शैय्याको हो, तर ४० शैय्याबाट सेवा दिईरहेका छौं,” उहाँले भन्नुभयो, “सरकारले ५० शय्याबाट सेवा दिने भनेको छ । त्यो अनुसारको पूर्वाधार निर्माण हुनसकेको छैन ।” जनशक्ति र भौतिक संरचनाको अभावमा अस्पतालले सेवा दिँदै आएको छ ।

हाल जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो छ । दैनिक सरदर सयभन्दा बढी बिरामी उपचारका लागि अस्पताल पुग्छन् । अस्पतालको भवन नयाँ भए पनि १५ शैय्याका लागि पूर्वाधार निर्माण गरिएकाले सेवा प्रवाहमा समस्या भएको हो । उहाँले भन्नुभयो, “अस्पतालको पाँच वर्ष पहिले बनेको भवन छ । त्यो १५ शय्याको अस्पताल सञ्चालन गर्नका लागि हो र तर अहिले ४० शय्याबाट सेवा दिँदा समस्या भएको छ । सेवा बढेसँगै भवन पनि थप्नुपर्ने देखिएको छ ।” अस्पतालमा जटिल खालको समस्या भएका महिलाको अप्रेसन गरेर सुत्केरी बनाउने सेवा पनि छ ।

आवश्यक भवन अभावमा अस्पतालको सेवा प्रवाह भइरहेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो । उहाँका अनुसार क्षमताभन्दा बढी शय्याबाट अस्पतालले सेवा दिइरहेको छ । प्रदेश सरकारले उक्त अस्पताललाई ५० शय्याबाट सञ्चालन गर्ने भनिए तापनि पूर्वाधार निर्माणमा ध्यान नदिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ,‘सेवा विस्तार गर्नका लागि भवन पर्याप्त छैन । प्रदेश सरकारलाई भवनको स्तर वृद्धिका लागि भनेका छौं ।’ अहिलेको संरचनाले १५ शय्याबाट सेवा दिन मात्र पर्याप्त हुन्छ तर ४० शय्याबाट सेवा प्रवाह भइरहेको छ ।

विशेषज्ञ डाक्टरविहीन अस्पताल

स्वास्थ्य सेवा कार्यालय मुगुमा नवौं तहका स्थायी चिकित्सक छैनन् । जसले गर्दा जटिल रोगको उपचारमा समस्या हुने गरेको छ । जटिल खालको रोगका बिरामी जुम्ला र नेपालगञ्ज जानुपर्ने बाध्यता अझै हटेको छैन । अस्पतालमा स्वीकृत दरबन्दी ४४ जनाको हो । अहिले २६ जना कार्यरत छन् । १८ दरबन्दी रिक्त छ । त्यसमध्ये चार जना विशेषज्ञ डाक्टरको दरबन्दी हो ।

दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । यसैगरी चार जनाकै दरबन्दी रहेको मेडिकल अधिकृतमा एक जना मात्रै स्थायी दरबन्दीका कर्मचारी छन् । अन्य तीन जना मेडिकल अधिकृत करारका हुन् । निमित्त प्रमुख डा. ढुङ्गानाले भन्नुभयो,  “अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ । करारका कर्मचारी २७ जना हो । त्यो पनि तल्लो तहको। सेवा प्रवाह गर्न निकै समस्या भइरहेको छ ।”

उहाँले नवौं तहका चिकित्सकको माग गर्दै प्रदेश र सङ्घीय सरकारसँग पटकपटक माग गरे पनि बेवास्ता भएको गुनासो गर्नुभयो । उहाँका अनुसार करार सेवामा कार्यरत कर्मचारी तल्लो तहका धेरै छन । अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति अभावका कारण सेवा दिन समस्या हुने गरेको छ ।

जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पतालले अभावकै बीच सेवा प्रवाह गरिरहेको हो । दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा नागरिक स्वास्थ्य सेवा पाउनबाटै वञ्चित भइरहेका छन् । जटिल रोगको उपचार गर्न महङ्गो पैसा तिरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ । सेवा प्रवाहमा वृद्धि भए पनि भौतिक संरचना र जनशक्तिको अभावका कारण सोचेजस्तो सेवा दिन नसकेको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

पूर्व प्रम माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि

मूल्यवृद्धि नियन्त्रणमा सरकारको प्रयत्न देखिएन : अध्यक्ष नेपाल

१ घण्टा अगाडि
पशुपति आएका भारतीय नागरिकलाई डान्स बार लगी ठग्ने ६ जना पक्राउ

पृथ्वी राजमार्ग स्तरोन्नतिमा प्रयोग हुने रोलरबाट डिजल चोरी

१ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

पूर्व प्रम माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि

मूल्यवृद्धि नियन्त्रणमा सरकारको प्रयत्न देखिएन : अध्यक्ष नेपाल

१ घण्टा अगाडि
पशुपति आएका भारतीय नागरिकलाई डान्स बार लगी ठग्ने ६ जना पक्राउ

पृथ्वी राजमार्ग स्तरोन्नतिमा प्रयोग हुने रोलरबाट डिजल चोरी

१ घण्टा अगाडि
स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

१ घण्टा अगाडि
प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

१ घण्टा अगाडि
खोइ महानगरका खाद्य निरीक्षक ?

खोइ महानगरका खाद्य निरीक्षक ?

१० घण्टा अगाडि
४६ देशका पर्यटक रामारोशनमा

४६ देशका पर्यटक रामारोशनमा

१४ घण्टा अगाडि

लोकप्रिय

  • वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    0 shares
    Share 0 Tweet 0
  • पीएसओकी पत्नीमाथि गोली प्रहार

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
  • नेपालको वैदेशिक सम्बन्ध चौपट !

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist