काठमाडाैं । दक्षिण अफ्रिकाको भ्रमण सकेर प्रधानमन्त्री नरेन्द्र मोदी अहिले ग्रीसको राजधानी एथेन्स पुगेका छन्।
यसअघि प्रधानमन्त्री मोदी ब्रिक्स सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिकाको जोहानेसबर्ग पुगेका थिए। जहाँ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि कुराकानी गरेका थिए। दुवै नेताले सीमामा तनाव कम गर्न पहललाई तीब्रता दिन सहमत भएका छन्।
याे ४० वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीको याे पहिलो ग्रिस भ्रमण हाे। सन् १९८३ मा प्रधानमन्त्री इन्दिरा गान्धीले ग्रिसकाे भ्रमण गरेकी थिइन्।
ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसको निमन्त्रणामा मोदी ग्रिस पुगेका हुन्।
उनले राष्ट्रपति कटेरिना साकेलारोपौलोलाई पनि भेट्ने सम्भावना छ।