शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

ललिता निवास प्रकरणमा सिआइबीको निष्कर्षः ढकाल, सुवेदी र गुरुङ योजनाकार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन भूमिका खेल्ने मुख्य योजनाकारका रुपमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन जनालाई योजनाकारका रुपमा मुद्दा चलाउन सिफारिस गरेको छ।

सिआइबीले शोभाकान्त ढकाल, रामकुमार सुवेदी र मीनबहादुर गुरुङले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन मुख्य भूमिका खेलेको अनुसन्धानबाट निष्कर्ष निकालेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको बालुवाटारको जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा पनि मुख्य प्रतिवादी बनाइएको छ।उनीहरु तीनै जना सिआइबीको थुनामा छन्।

सिआइबीले लामो अनुसन्धानपछि मंगलबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई बुझाएको छ।

‘र्कीते र संगठित अपराध’मा अनुसन्धान अघि बढाएको सिआइबीले व्यक्ति पक्राउ परेको ६० दिनभित्र अनुसन्धान सकेर मुद्दा अदालत पुर्‍याउनुपर्ने हदम्याद भदौ ८ गते सकिँदैछ। मुद्दा दर्ता गर्ने तीन दिनअघि सिआइबीले बालुवाटार प्रकरणमा २३८ जनाविरुद्ध ‘र्कीते र संगठित अपराधमा’ मुद्दा चलाउन सिफारिस गरेको हो।

दुई पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई सरकारी साक्षीका रुपमा प्रस्तुत गर्न सिआइबीले राय दिएको छ। तर बालुवाटार जग्गाबारे निर्णय हुँदा मन्त्री रहेका चार जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ।

६ जना पूर्वसचिव पनि जग्गा हिनामिना प्रकरणमा प्रतिवादी बनाइनुपर्ने प्रस्ताव गरेको छ। हालका सचिव कृष्णबहादुर राउतलाई भने प्रतिवादी बनाउन उपयुक्त नहुने सुझाव प्रहरीले दिएको छ।

आयोगले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार र मन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साहलाई प्रतिवादी बनाउन सिफारिस गरेर प्रतिवेदन आएको सरकारी वकिल कार्यालयको भनाइ छ।

पूर्वसचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो र रविन्द्रमान जोशीलाई प्रतिवादी बनाउनुपर्ने सिआइबीको राय छ। सिआइबीले ठूलो संख्यामा कर्मचारीलाई पनि प्रतिवादी बनाउन सिफारिस गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युत न्यौपानले हदम्यादभित्रै मुद्दा दर्ता गरिने जानकारी दिए।

यो पनि पढ्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

१ हप्ता अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अनलाइन बेटिङमा संलग्न आरोपमा १७ जना पक्राउ

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक