एजेन्सी । थ्रेड्स अब मोबाइलमा मात्र नभएर पीसीमा पनि प्रयोग गर्न सकिने भएको छ । मेटाका सीईओ मार्क जुकरबर्गले इन्स्टाग्रामको नयाँ एप थ्रेड्सको बारेमा यो जानकारी दिएका गरेका हुन् ।
मार्क जुकरबर्गले थ्रेड प्रयोगकर्ताहरूलाई डेस्कटप संस्करण ल्याउने बताएका हुन् । आगामी हप्ताबाट यो फिचर प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
जुकरबर्गको पछिल्लो थ्रेड पोष्टमा दिइएको जानकारी अनुसार यो फिचर थ्रेडका प्रयोगकर्ताहरूका लागि छिट्टै ल्याइनेछ ।
थ्रेड प्रयोगकर्ताहरूसँग एक पोस्ट साझा गर्दै, जुकरबर्गले अबको साताभित्र प्रयोगकर्ताका लागि सर्च र वेबको विकल्प ल्याइने बताए । मेटा थ्रेड्स टोली हाल यी दुई सुविधाहरूमा काम गरिरहेको छ, त्यसैले यी दुई सुविधाहरूको रोलआउट नवीनतम अपडेटहरु सहित सार्वजनिक हुनेछ ।
इन्स्टाग्रामको ट्विटर किलर टेक्स्ट–आधारित एप थ्रेड्स प्रारम्भिक चरणमा प्रयोगकर्ताहरूलाई आकर्षित गर्न सफल भए पनि प्लेटफर्मको लागि प्रयोगकर्ताको चासो घटेको देखिन्छ ।
प्रारम्भिक चरणमा मेटा थ्रेड्सले लन्च भएको ५ दिनमै १० करोड सक्रिय प्रयोगकर्ताको सङ्ख्या पार गरेको थियो । तर हालै आएको नयाँ रिपोर्टका अनुसार आईओएस र एन्ड्रोइड प्रयोगकर्ताहरूले थ्रेड्समा बिताउने समय निकै कम भएको छ ।