मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमसीसी कार्यान्वयन अवरोध अभियान सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
वामपन्थी दलहरुको मोर्चा बनाउने प्रयास निष्कर्ष नजिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । बिप्लव नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयन गर्न नदिने भन्दै अवरोध अभियान सुरु गरेको छ ।

नेकपाले एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेको छ – केही दिन यता अमेरिकी परियोजना एमसीसी र नेपाल सरकार बीच कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर हुँदै छ भन्ने जानकारीले हामीलाई गंभीर बनाएको छ । यसबारे नेपाल कम्युनिष्ट पार्टीको धारणा स्पष्ट गर्न साथै संघर्षका कार्यक्रम घोषणा गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।

एमसीसी राष्ट्रघाति छ भन्नेमा देश एकताबद्ध थियो । देशभक्त जनताले जोडदार संघर्ष पनि गरे । पछि संसद्ले समेत १२ बुँदे ब्याख्यात्मक टिप्पणी पारित गर्न बाध्य भयो । यसले स्पष्ट गर्योकि कमतिमा १२ बुदाहरु नसच्याएसम्म एमसीसी नेपालको स्वाधीनता र सार्वभौंमिकता विरुद्ध छ । तर अमेरिकाले देशभक्त नागरिकको माग र आवाजको मात्र होइन संसद्ले पास गरेको १२बुदे टिप्पणीप्रति पनि कुनै वास्ता गरेन । यस्तो स्थितिमा एमसीसीलाई कार्यान्वयनमा लैजाने विषय सम्पूर्णरुपले अस्वीकार्य एवं असैह्य छ । हामीले एकल र सयुक्तरुपमा स्पष्ट गरेका थियौंकि यदि अमेरिकाले सहयोग गर्न चाहन्छ भने ऊ निसर्त नेपाल सरकार मातहत आउनु पर्छ तर ऊ त्यसरी नआएर नेपाललाई आफ्नो सैन्य अखडा बनाउने घोषित उद्देश्यसहित आइरहेको छ ।

यसको पछाडि विश्व राजनैतिक धु्रवीकरणको मोर्चामा नेपाललाई छिमेकी राष्ट्र चीन र भारतका विरुद्ध उपयोग गर्ने साथै नेपाली राजनीतिलाई आफ्ना दलालहरु मार्फत आफ्नो मुठ्ठीमा राख्ने सोच छ । यदि यसलाई लागु गर्न दिएमा कुनै दिन नेपाल अमेरिकाको उपनिवेश मात्र होइन एसियाको युक्रेन बन्ने प्रष्ट छ ।

यस्तो घातक सोच र उद्देश्य नेपाल र नेपालीका लागि कदापी स्वीकार्य र सैह्य हुन सक्दैन । हामी गरीबनै भए पनि आफ्नै खुट्टामा उभिएर बाच्न चाहन्छौं । पछि नै परका भए पनि आफ्नाे स्वाभिमान र स्वाधीनतासहित अगाडि बढ्न चाहन्छौं । हामी आफ्नै क्षमता र बलमा विश्वमा परिचय दिन सक्छौं भन्ने विश्वास छ ।

कुनै पनि सहयोग लिने र दिने नाममा २१औं सदी जस्तो अत्याधुनिक युगमा उपनिवेश या गुलाम बन्न असंभव छ । नुवाकोट, पाल्पामा एमसीसीको नाममा विशाल जमिन जसरी किनिदै छ त्यहाँ केवल टावर बनाउने आवश्यकताले नभएर अमेरिकी सैन्य अखडा बनाउने उद्देश्यले गरिदै छ भन्ने जस्ले पनि बुझ्न सक्छ । त्यहाँका सोझा आदिवासी जनताको जमिन कौडीको भाउँमा यहाँका दलालहरुका मार्फत खरिद गरेर कब्जा गरिने कुरा पचाउनै सकिदैन । तसर्थ हाम्रो आम देशभक्त, कम्युनिष्ट, प्रगतिशील लोकतन्त्रवादी सवैलाई आह्वान गर्न चाहन्छकि केही अरबको लोभ र भूमण्डलीकृत अमेरिकी साम्राज्यवादको डरमा रत्तिभर नपरौं । हामी कहिल्यै विदेशीको प्रत्यक्ष गुलाम नभएको इतिहास स्मरण गर्दै र त्यसको रक्षा गर्दै एमसीसीको खारेजीका लागि संघर्ष गरौं । राष्ट्रिय स्वाधीनताको संघर्ष भनेको केवल पार्टी, सरकार र नेताहरुको मामिला होइन ।

यो सिङ्गै देश र देशबासीको साझा विषय हो । यदि समयमै अमेरिकी साम्राज्यवादी हस्तक्षेपलाई बुझिएन भने देशले ठूलो मूल्य चुकाउनु पर्ने छ र नागरिकहरु पछुताउनु पर्ने छ । यसबारे नेपाल सरकार, सम्पूर्ण राजनैतिक दलहरु, बुद्धिजीवी, नागरिक अगुवा सबै सचेत हौंन भन्ने हाम्रो धारणा छ । हामी जो जहाँछौं त्यहीबाट यो राष्ट्रघाति संझौंताका विरुद्ध आवाज उठाऔं, संघर्ष गरौं र एमसीसीलाई असफल पारौं । हाम्रो पार्टी देशमाथि हस्तक्षेप गर्ने अमेरिकी साम्राज्यवादी शासक गूटका विरुद्ध सम्पूर्णरुपले प्रतिरोध संघर्षमा उत्रिने जानकारी गराउँद छौं ।

धन्यवाद हाम्रा कार्यक्रमहरु १) भदौं ६गते देशव्यापी वालिङ नाराहरु — राष्ट्रघाति एमसीसी संझौता —खारेज गर, खारेज गरौं । २) भदौं ७गते एमसीसीको पुत्ला दहन ३) भदौं ८गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन ४) भदौं ९ गते गाउँगाउँमा जागरण प्रचार ५) भदौं १०गते देशव्यापी जनप्रदर्शन ६) भदौं ११गते काठमाण्डौंमा एमसीसीबारे अन्तरक्रिया ७) भदौं १२गते नुवाकोट, तनहुमा एमसीसीबारे अन्तरक्रिया विप्लव सी महासचिव नेपाल कम्युनिष्ट पार्टी

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

३६ मिनेट अगाडि
भूपदेव शाह रास्वपाका महामन्त्री

भूपदेव शाह रास्वपाका महामन्त्री

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

भूपदेव शाह रास्वपाका महामन्त्री

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

यस्ताे छ दिनभरकाे माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक