सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्कोका परिपूरक भएको जनाएका छन्।
विश्वका उत्कृष्ट संविधान जस्तै नेपालको संविधान पनि उत्कृष्ट रहेको उनले जनाए। उनले प्रदेश सरकारलाई जिम्मेवार भई काम गर्न सिन आग्रह गरेका छन्। आफूले कर्णालीको समस्या नजिकबाट नियालेको कुरा जनाउँदै दाहालले कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएको समेत जनाए।
कर्णाली एक सभ्यता भएको उनको धारणा छ ।
‘यहाँको सबै खालका सडक निर्माण गर्न हामीले पहल जारी राखेका छौँ’ उनले भने। चीन भ्रमणको समयमा केही सडकको बारेमा कुरा हुने उनले योजना सुनाए ।
कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल सरिक भएका हुन् उक्त कार्यक्रममा ऊर्जामन्त्री शक्ति बस्नेत, मुख्यमन्त्री राजकुमार शर्मालगाएत अन्य मन्त्रीहरुको सहभागी छन्।
प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडोर र भेरी करिडोरमा दुई लेनको सडक निर्माण गरिए कर्णाली समृद्दिको एक ढोका खुल्ने जनाए। खुट्टा काटिएको प्रदेश कर्णाली भएको पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले जनाए।