वीरगञ्ज – घरायसी विवादका क्रममा बारामा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले निजगढ नगरपालिका–१६ टाँगियाबस्ती बस्ने ६० वर्षीय दिलबहादुर घलानलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा घरायसी विवादको कारणले घटना घटेको भन्ने बुझिएकोले छोरालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपाने जानकारी दिए।
मृतकको टाउकोमा चोट देखिएको र विस्तृत कुरा पोष्टमार्टमपछि खुल्ने उनले बताए। पक्राउ परेका घलानलाई प्रहरी नियन्त्रणमा राखी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको न्यौपानेले बताए।