काठमाडौँ – आगामी ६ असोजबाट चीनको हाङझोउमा हुने १९ औँ एसियाली खेलकुदको भलिबलतर्फको ‘ड्र’ सार्वजानिक भएको छ।
पुरुषतर्फ १८ टोली सहभागी प्रतियोगितामा नेपाल स्वर्ण जितिसकेको इरान र बलियो बहराइसँग समूहचरणमा भिड्ने भएको छ।
त्यस्तै, महिलातर्फ पनि एसियाका पावरहाउस मानिने दक्षिण कोरिया र भियतनामसँग प्रतिस्पर्धा गर्दैछ।
१३ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘सी’मा रहेर प्रतिस्पर्धा गर्दैछ। ४ समूह विभाजन गरिएको प्रतियोगितामा तीन समूहमा ३–३ टिम र अर्को एक समूहमा ४ टिम रहेका छन्।
त्यस्तै, पुरुषतर्फ भने ६ वटा समूह बनाएर प्रतिस्पर्धा हुँदैछ। नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालले इरान र बहराइनसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।
इरानले एसियन गेम्सको पछिल्लो दुई संस्करणमा स्वर्ण जितेको थियो। विश्व वरियतामा इरान १०औँ स्थानमा रहँदा बहराइन ७६ औँ स्थानमा रहेको छ। नेपाल भने पुरुष र महिला दुबैमा वरियताविहीन रहेको छ।