काठमाडौँ / कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरीक्षण गरेका छन् । कार्यवहाक प्रधानमन्त्री खड्काले अस्पताल निरीक्षणका क्रममा सेवा प्रवाहबारे अस्पतालका विभिन्न विभाग पुगेर जानकारी लिए । नेपाली सेनाका अनुसार उनले सेवाग्रही तथा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरुसँग पनि छलफल गरे ।
अस्पतालको स्थलगत निरीक्षणमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै प्रधानसेनापति प्रभुराम शर्मासहितका उच्च सैनिक अधिकारीहरु सहभागी थिए । अस्पताल निरीक्षणका क्रममा कार्यवहाक प्रधानमन्त्री खड्काले सीमित स्रोत साधन र भौतिक संरचनाका बाबजुत अस्पतालबाट सन्तोषजनक सेवा प्रवाह भइरहेको भन्दै खुसी व्यक्त गरे । उनले अस्पतालबाट एकीकृतरुपमा अझ बढी गुणस्तरीय सेवा दिन पनि आग्रह गरे ।