काठमाडौँ – चीनको हाङझोउमा हुने १९ औँ एसियाली खेलकुद (एसियाड)को महिला फुटबलको ड्र बिहीबार सार्वजनिक भएको छ। नेपालले समूह चरणमा बलिया प्रतिद्वन्दीविरुद्ध खेल्नुपर्ने भएको हो।
सार्वजानिक ‘ड्र’ अनुसार नेपाल समूह ‘डी’ मा जारी विश्वकपमा सहभागी जापान र भियतनामसँग खेल्नु पर्नेछ। साथमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेश पनि रहेको छ।
महिला फुटबलमा कुल १७ टिमलाई पाँच समूह विभाजन गरेर प्रतिस्पर्धा गराइँदै छ। जसमा तीन समूहमा ३–३ टिम रहँदा अन्य दुई समूहमा ४–४ देशको समूह रहेका छन्।
हाङझोउ एसियाड आगामी ६ असोजदेखि सुरु हुँदैछ। प्रतियोगिताको तयारीमा रहेको नेपालले यसअघि बंगलादेश सँग दुई खेलको मैत्रिपूर्ण श्रृंखला खेल्दै जित निकालेको थियो। नेपाली महिला टिमलाई बिहीबारबाट औपचारिक प्रशिक्षणमा राखिएको छ।