इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आउने सेवाग्राहीको सहजताका लागि राष्ट्र्यि वाणिज्य बैंकको काउण्टर सञ्चालनमा ल्याएको छ ।
नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा कार्यालयमा आउने सेवाग्राहीहरुको सहजताका लागि काउण्टर सञ्चालनमा ल्याएको हो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले यही साउन ७ गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको काण्टर स्थापना गरी राजस्व सङ्कलन कार्यको सुरुवात गरेको जानकारी दिनुभयो । प्रजिअ पाण्डेका अनुसार सरकारी कार्यालयमा सरकारी बैंकको काउण्टर सञ्चालनमा आएपछि सेवाग्राही निकै सहज भएको छ ।