काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल १० वर्षयता त्रिभुवन विमानस्थल हुँदै ४ हजार १०० केजी अवैध सुन भित्रिएको जनाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले यस्तो तथ्यांक पेस गरेका हुन् ।
‘१० वर्षमा त्रिभुवन विमानस्थलबाट ४ हजार १०० केजी सुन कसरी तस्करी भयो। कुन कुन गृहमन्त्रीको पालामा सुन तस्करी भयो? कारबाही हुनुपर्छ’, उनले भने, ‘शासकहरुले सुन तस्करलाई अहिले दुहुनो गाई बनाएका छन्। उच्च तहका को को संलग्न छन्, सबैलाई कारबाही हुनुपर्छ।’
सुवालले सीमा र देशको रक्षा गर्ने भूमिका पाएको सेनालाई ठेक्का दिएर काम लगाउने क्रम पनि बन्द गरिनुपर्ने बताएका छन्।