काठमाडौं । बुधबार सुन र चाँदीको भाउ बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ कायम भएको छ ।
मंगलबार एक लाख १२ हजार २ सय रुपैयाँमा छापावाल र एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, १४ सय ६५ रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।