काठमाडाैं । सय किलो सुन तस्करी प्रकरणमा एमालेले सरकारको जवाफ माग्ने सय किलो सुन तस्करी प्रकरणमा एमालेले सरकारको जवाफ माग्ने भएको छ।
बुधबार बसेको संसदीय दलको बैठकबाट एमालेले सरकारसँग तथ्यगत रिपोर्ट माग्ने निर्णय गरेको हो। एमालेले उक्त प्रकरणमा सशक्त ढंगले अघि बढ्ने रणनीति लिएको छ। सुन तस्करी प्रकरणमा छानबिनसहित सम्बन्धित मन्त्रीको जवाफ माग्ने एमाले संसदीय दलले निर्णय गरेको छ।
‘काम चाहिँ नगर्ने, यत्रो दिन भइसक्यो कम्पनीका मान्छेहरु को हुन् भन्ने पत्ता लगाउन सकेको छैन अनि मन्त्रीहरु चाहीँ ठूलाठूला कुरा गर्दै हिँड्ने ! त्यो भएन, दोषि पत्ता लगाउनुपर्यो,’ बैठकपछि एमाले सांसद रघुजी पन्तले सञ्चारकर्मीहरुसँग भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।