काठमाडौं । इन्टरनेसनल लिङ्ग्विस्टिक ओपम्लियाड (आईओएल) मा सहभागि हुन नेपाली टोली बुल्गेरियास्थित बान्स्को पुगेको छ । नेपालको प्रतिनिधित्व गर्दै काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. बालकृष्ण बलको नेतृत्वमा दुई पर्यवेक्षक र चार नेपाली विद्यार्थी सम्मिलित टाेली त्यहाँ पुगेकाे हो ।
साउन ५ देखि चलिरहेको उक्त कार्यक्रममा विभिन्न देशका करिब ४० टोलीबाट २०० बढीले भाग लिइरहेका छन् । पहिलो पटक सन् २०१९ मा दक्षिण कोरियामा भाग लिएको नेपाली टोलीको यो दोस्रो सहभागिता हो ।
सन् २००३ देखि सुरु भएको यस प्रतियोगिता प्रत्येक वर्ष फरक फरक देशमा आयोजना हुने गर्छ । विशेष गरेर प्रतियोगितामा सहभागीहरूले विभिन्न पजल र चुनौतीबाट भाषाको व्याकरण, संरचना, संस्कृति र इतिहासको विश्लेषण गर्ने गर्छन् ।
साउन १३ सम्म चल्ने प्रतियोगितामा सहभागी भएर टोली नेपाल फिर्ता हुने छ । नेपालमा भने हिमालयन कम्प्युटेसनल लिङ्ग्विस्टिक ओपम्लियाडको ब्यानर र ल्याङ्ग्वेज टेक्नोलोजी केन्द्रको सहयोगमा नेसनल लिङ्ग्विस्टिक ओपम्लियाड हरेक वर्ष सञ्चालन हुँदै आएको छ ।
यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं
जनधारणा राष्ट्रिय साप्ताहिक
सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७
© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक