काठमाडाैं । ललितानिवास प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली मोही बनेका २ जनालाई सोमवार ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सञ्जय महर्जन र सकलानन्द महर्जन रहेको सीआईबीका प्रवक्ता एसएसपी दिनेश आचार्यले लोकान्तरलाई जानकारी दिए ।
यस प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीर शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत पक्राउ परेर यसअघिदेखि नै थुनामा छन् ।