बलरामपुर । नेपालका दुई नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा उत्तर प्रदेशको विशेष अदालतले तीन जनालाई जन्मकैदको सजाय सुनाएको छ । अर्का एक जनालाई सात वर्षको जेल सजाय सुनाइएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।
न्यायाधीश जहेन्दपाल सिंहले शुक्रबार साँझ फैसला सुनाउँदै चन्दर भनिने रामचन्द्र पासवान, राजेन्द्र पासवान र राकेश पासवानलाई ६५–६५ हजार भारतीय रुपैयाँ र पिन्टुलाई १५ हजार ५ सय भारतीय रुपैयाँ जरिवाना पनि सुनाएका हुन् । उनीहरुलाई प्रोटेक्सन अफ चिन्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस (पोस्को) लगायत विभिन्न धाराहरुमा दोषी करार गरिएको छ ।