सोम, अशोज १५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पत्रिकासँगै पर्चा बाँडेर श्रमिकहरुले नयाँ ढंगको आन्दोलन सुरु

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
पत्रिकासँगै पर्चा बाँडेर श्रमिकहरुले नयाँ ढंगको आन्दोलन सुरु

काठमाडौं । आजको कान्तिपुर दैनिक पत्रिकासँगै पर्चासमेत आएको छ ।  पत्रिकासँगै पर्चा बाँडेर श्रमिकहरुले नयाँ ढंगको आन्दोलन सुरु गरेका छन् ।

उक्त पर्चामा ‘स्थापनाकालदेखिनैं अनवरतरुपमा कार्यरत श्रमजिवी पत्रकार, कामदार, कर्मचारीहरुको अवस्था चाहीँ दिनानुदिन नाजुक बन्दै जानु अत्यन्त दुर्भाग्य भएको’ बताइएको छ ।

‘पब्लिकेसन्स्बाट नै करोडौँ मुनाफा लिएर विभिन्न व्यापार व्यवसाय संचालन गर्ने ल्याकत राख्दैगर्दा तिनै कर्मजीवीहरुलाई आज बिना पारिश्रमीक, बिना क्षतिपुर्ती, बिना उपदान खाली हात गलहत्याउँदै गर्दा उहाँ भित्रको मानवीयता कता हरायो ? एउटा अभिभावकले आफ्नो सन्तानका लागि न्यूनतम कर्तव्य निभाउनु पर्दैन र ? पर्चामा भनिएको छ ।

कर्पोरेट मिडिया पुष्टिँदै जाने र त्यहाँ कार्यरत श्रमिकहरुको अवस्था दिनानुदिन नाजुक बन्दै जाने जस्तो अत्यन्तै अमानवीय पक्षतर्फ राज्यको ध्यान पुग्न जरुरी छ ।

हेर्नुहोस् पर्चामा लेखिएको कुरा जस्ताको त्यस्तै :

हार्दिक अपिल ।

आदरणीय पाठ्कवृन्द, विज्ञापनदाता, कुटनितिक नियोग, सुभेच्छुक ज्यूहरु,  २०४९ साल फागुन ७ गते थापाथलीको चार कोठे टहरोबाट प्रकाशन शुरु भएको कान्तिपुर पब्लिकेशन्स प्रा. लि. आज ३१ वर्षमा आइपुग्दा, शान्तिनगर, तिनकुने हुँदै थापाथलीमै आलिसान भवनसँगै, कम्पनी अबको ड्रेडमार्क बन्दै गर्दा स्थापनाकालदेखिनै अनवरतरुपमा कार्यरत श्रमजिवी पत्रकार, कामदार, कर्मचारीहरुको अवस्था चै दिनानुदिन नाजुक बन्दै जानु

अत्यन्त दुर्भाग्य हो । विगत २ महिना देखि मानव संसाधन विभागबाट व्यक्तिपिच्छे मौखिक तथा लिखित रुपमानै कामबाट निष्कासन गर्न पनि उत्तिकै निन्दनिय छ । अतः उक्त कार्यको विरुद्धमा हामीले विभिन्न विरोधका कार्यक्रम गरी व्यवस्थापकलाई सचेत गराउने काम पनि गयौ । तर उहाहरुले राज्यले तोकेको ऐन, कानुन सिरोधर गरि संस्था सञ्चालन गर्छु भन्ने र त्यस वापत राज्यले दिने भ्याट छुट लगायत अन्य धेरै सेवा सुविधा लिन पछि

नपर्ने तर संस्थामा कार्यरत कामदार, कर्मचारीहरुलाई श्रमजिवि ऐनले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुहोस, भन्दा नतमस्तक भएर बस्ने, यो उहाहरुको कस्तो प्रवृती हो ? आम जनतामाझ सामाजिक कार्यमा अविछिन्न स्वतन्त्र र निष्पक्ष छु भनि देखाउन कान्तिपुर आईकन, कान्तिपुर हाफ म्याराथन, दुर्गम जिल्लाका गरिब जनताका बालबालिका अध्ययन गर्न भवन बनाउने जस्ता कार्यक्रम गरेर लोकप्रिय बन्न खोज्नुभयो । तर आफ्नै संस्थाका

श्रमजिवी कर्मचारी प्रति चै अभिभावकत्व भूमिका निर्वाह गर्न जहिले चुकी रहनु भयो । कर्मचारीका सन्तानहरुले असल शिक्षा अनि दुई छाक खाना खान पाए पाएनन् भनि ख्याल नगरी संघै बत्तिमुनिको अध्यारो बनाई राख्नुभयो । संचार क्षेत्र राज्यको चौथो अंग हो भनि  “सुचना तपाईको अधिकारू भन्ने नाराले स्वयम् व्यवस्थापकलाई नै गिज्याइरहेको छैन ? स्मरण रहोस् चाहे २०५९ सालको प्रत्यक्ष शाहि शासन कालमा कान्तिपुर एफ. एम. मा

हस्तक्षेप गर्दा होस् वा सम्मानित सर्वोच्च अदालतमा व्यवस्थापक विरुद्ध विभिन्न सूचना प्रकाशनको नाममा मानहानीको मुद्दामा होस्, श्रमजिवी कामदार तथा कर्मचारी, संस्था र व्यवस्थापकलाई अप्ठ्यारो पर्दा सधै अग्रपङ्तीका उभिएर रक्षाकवच बनि नै रहे । तरपब्लिकेसन्स्बाट नै करौडौ मुनाफा लिएर विभिन्न व्यापार व्यवसाय संचालन गर्ने ल्याकत राख्दै गर्दा तिनै कर्मजीवीहरुलाई आज बिना पारिश्रमीक, विना क्षतिपुर्ती, बिना उपदान खाली हात गलहत्याउँदै गर्दा उहाँ भित्रको मानवीयता कता हरायोरु एउटा अभिभावकले आफ्नो सन्तानकालागि न्यूनतम कर्तव्य निभाउनु पर्दैन ररु हो, कामदार कर्मचारीहरु मृत्यु पर्यन्त काम गर्न पाउँनु पर्छ भन्ने पनि होइन तर उसलाई निश्चित समय पश्चात ऐन नियमलेतोकिए बमोजिमको सुविधा दिएर बिदा गर्नु पनि उहाँको दायित्वमा पर्दैन र ? त्यसैले हामी निवेदन गर्न चाहन्छौं कि, हामीलाई २०७५ सालमा पारिश्रमिक निर्धारण समितिद्वारा

सिफारिस भई राजपत्रमा प्रकाशित र सम्मानित सर्वोच्च अदालतमा दर्ता नं. ०७५-wo-०७१९ (075-wo-0719) को रिटको २०७८ सालमा फैसला भइ कार्यन्वयनमा लैजानु भन्ने आदेशलाई निशर्त पालना गरी स्वेच्छिक अवकाशमा जान चाहने कर्मचारीहरुलाई अवकास र बाँकी कार्यरत कर्मचारीलाई ऐन कानुनले तोकिए बमोजिमको सेवा सुविधा दिई निष्कासितहरुलाई तत्काल पुर्नवालि होस् भन्ने जोडदार माग अघिसारी रहेका छौं ।

अतः यिनै यावत विषय प्रति हाम्रा पाठकवृन्द, विज्ञापनदाता, कुटनितिक नियोग, सुभेच्छुकलाई आज हामीले भित्री आत्माले नचाहदा नचाहदै पनि भारि मन बोकेर यहाँहरुको घर दैलोमा पत्रिका सहित यो पर्चा पनि बितरण गर्न बाध्य भएका छौं । आशा छ तपाईहरुले हामी पिडित श्रमजिवीहरु प्रति सकारात्मक सहयोगको भाव राखी व्यवस्थापक तर्फ दवाव सिर्जना गरिदिनुहुनेछ भन्ने पुर्ण विश्वास लिएका छौं । धन्यवाद ।

  •  कान्तिपुर संयुक्त संघर्ष समिति 

यो पनि पढ्नुहोस्

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

९ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

९ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

९ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

९ घण्टा अगाडि
श्रम समस्याप्रति सरकार गम्भीर : मन्त्री शर्मा

श्रम समस्याप्रति सरकार गम्भीर : मन्त्री शर्मा

९ घण्टा अगाडि
परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात

परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात

९ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्सेमा ५ अंकको वृद्धि

९ घण्टा अगाडि
हचुवाको भरमा सरकारले संघीय संसद भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने

हचुवाको भरमा सरकारले संघीय संसद भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने

९ घण्टा अगाडि

लोकप्रिय

  • सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    0 shares
    Share 0 Tweet 0
  • नेपाल आइपुगिन् एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
  • डाक्टरमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist