बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पत्रपत्रिका

वैशाखयता सर्पदंशका कारण नौजनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
वैशाखयता सर्पदंशका कारण नौजनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। वर्षा तथा गर्मीसँगै सर्पदंशको प्रकोप बढेको छ। सर्पदंशका कारण हालसम्म नौजनाको मृत्यु भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको हो। महाशाखाका अनुसार वैशाखयता सुरु भएको सर्पदंशका कारण नौ जनाको मृत्यु भइसकेको छ। सर्पदंशकै कारण नेपालमा हरेक वर्ष औसत १५ देखि २० जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ।

काठमाडौंस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हालसम्म १ सय ५० जना उपचारका लागि पुगेका छन्। मंगलबारसम्ममा १५ जना भर्ना भई उपचारमा छन्। पछिल्ला दिनमा सर्पदंश बढेर दैनिक १० देखि १५ जना उपचारका लागि आउने गरेको अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन्।

सर्पको टोकाइका लागि अनुकूल मौसम थप दुईदेखि अढाइ महिना बाँकी रहेकाले यसको टोकाइबाट बच्न जुनोटिक तथा सरुवा रोग शाखाले अनुरोध गरेको छ। ‘थप दुईदेखि अढाइ महिना सर्पको प्रकोप बढ्ने मौसम छ, सबै जना सचेत भएर बस्नुपर्छ,’ जुनोटिक शाखाका प्रमुख डा. हेमन्त ओझाले भने। नेपालमा बर्सेनि औसत १ हजार जना सर्पको टोकाइमा पर्ने गरेको जुनोटिक शाखाको तथ्यांक छ। तीमध्ये १५ देखि २० जनाको मृत्यु हुने गरेको अनुमानित तथ्यांक छ। सर्पले टोकेका र टोकाइबाट मृत्यु भएकाहरूको यकिन तथ्यांक रिपोर्टिङ नहुनाले सर्पको टोकाइमा पर्नेहरूको यकिन तथ्यांक नभएको जुनोटिक शाखाका प्रमुख डा. हेमन्त ओझा बताउँछन्।

उनका अनुसार टोकाइबाट मृत्यु भएकामध्ये ४० प्रतिशतको मृत्यु समुदायमै हुने, ४० प्रतिशतको बाटामै हुने र बाँकी २० प्रतिशतको जानकारी केन्द्रसम्म आइपुग्दैन। यो हिसाबले नेपालमा प्रतिवर्ष १ सय जनाको सर्पदशंका कारण मृत्यु भएको देख्न सकिन्छ।

चिकित्सकका अनुसार गर्मी या पानी परेको मौसममा सर्पहरू आफ्नो आहाराको खोजीमा जमिन बाहिर निस्कने, कुखुरा, भ्यागुता, मुसा खाने क्रममा उनीहरू कुखुराको खोर, मुसा भएका घर, झाडीजस्ता ठाउँमा पुग्छन्। यस्तो बेलामा मानिससँग जम्का भेट हुँदा मानिस सर्पको टोकाइमा पर्छन्।

पहाडी भेगको तुलनामा तराईका जिल्लामा विषालु सर्प धेरै हुने कारण सर्पको टोकाइबाट तराईका मानिसको वर्षेनि बढी मृत्यु हुन्छ। मृत्यु हुनेमा धेरैजसो कृषक हुने गरेको चिकित्सक बताउँछन्। झुल नलगाई सुत्ने, सुत्नुअघि कोठा चेक नगरी सुत्ने, झाडी या खेतबारीमा जाँदा प्लास्टिकको बुट या पन्जाको प्रयोग नगर्दा पनि सर्पले सजिलै टोक्ने गर्छ।

अहिले पनि सर्पको टोकाइ, उपचार र सर्पको प्रकारको विषयमा समुदायमा हुने मिथ्या र भ्रमका कारण समयमै उपचार नगराउँदा धेरैको मृत्यु हुने गरेको डा. ओझाले बताए। कुनै पनि सर्पले टोकिसकेपछि सर्प विषालु हो यो गैरविषालु भन्ने विषयमा जानकारी नहुने तर समुदायमा अहिले पनि आफ्नै अनुमानको भरमा उपचार गर्ने, धामीझाँक्रीको भरमा उपचार गर्ने, सिन्दूर, झारजस्ता जडीबुटी लगाउने गर्नाले उपचारमा पुग्न ढिला भई धेरैको मृत्यु हुने गरेको डा. ओझा बताउँछन्। नागरिक दैनिकबाट

 

यो पनि पढ्नुहोस्

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

११ घण्टा अगाडि
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश जारी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक