काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१० बिध्याबासिनी डेरा गरी बस्ने मकवानपुर भिमफेदी घर भएकी ३५ वर्षीया गिता कुमारी बुढाथोकीको कोठाबाट नगद तथा सुनको विभिन्न गरगहना गरी करिब ४ लाख १० हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।
भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली डेरा गरी बस्ने काभ्रे नमोबुद्द नगरपालिका-२ घर भएका ३० वर्षीय बिष्णु तिमल्सिनाको कोठाबाट ल्यापटप र सुनका विभिन्न गरगहना गरी करिब ११ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।