मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक : महासचिव गुरुङ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक : महासचिव गुरुङ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक रहेको बताएका छन् । देशको परराष्ट्र नीति कमजोर बन्दै गएको भन्दै उनले राष्ट्रिय सहमतिको सरकार चाहिएको बताए । परराष्ट्र नीति, राष्ट्रिय मामिला, विकास निर्माणमा राष्ट्रिय सहमति जरुरी रहेकाले राष्ट्रिय सहमतिले सरकार बन्नुपर्ने उनको तर्क थियो ।

नेताहरू राष्ट्र, देश र जनताको स्वार्थभन्दा पनि दलहरुको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका थिए । बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस क्रममा उनले पछिल्लो समय पञ्चशीलको सिद्धान्त कमजोर बन्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका थिए । साथै असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधर बन्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले त्यसमा आपत्ति जनाएका थिए ।

‘हाम्रा महत्वाकांक्षाहरु, कमजोरीलाई महत्वकांक्षाका रुपमा बढाउँदै लैजाने, राष्ट्र, देश र जनताको स्वार्थ भन्दा पनि नेता, दलहरुको स्वार्थमा बढी केन्द्रित हुने र एकले अर्कोलाई विस्थापित र निषेध गर्ने कुरा हाबी भयो । यसले नै नेपालको राष्ट्रिय अस्मिता कमजोर बन्दै गयो । त्यसैले हामीले राष्ट्रिय सहमति भनिरहेका छौं । त्यसको विकल्प छैन, सकिन्छ, सरकार पनि राष्ट्रिय सहमतिले बनाउनुपर्छ । सकिएन भने विकास निर्माण लगायतका मुख्य मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ । नेपालले असंलग्न परराष्ट्रनीति अँगाल्दै आइरहेको छ । तर समस्या के देखिरहेको छु भन्दा पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको छ । असंलग्नताको सिद्धान्त कमजोर पर्दै गइरहेको छ । स्वतन्त्र परराष्ट्र नीति कमजोर पर्दै गइरहेको छ । कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको छ,’ नेता गुरुङले भने ।

महासचिव गुरुङले राष्ट्रिय राजनीतिमा पनि विकास, स्थिरता, स्थायित्व अनिवार्य रहेको बताएका थिए । उनले राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने राजनीति र विद्वेषपूर्ण ढंगले चल्ने प्रवृत्तिहरु बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको औल्याएका थिए ।

उनले नेपालको राष्ट्रिय अस्मिता अत्यन्तै कमजोर बनेर गइरहेको भन्दै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने पनि बताएका थिए । साथै दलहरू यस्ता विषयमा एक ठाउँमा नउभिँदा अन्य शक्तिले अनुचित लाभ लिएको पनि उनको भनाइ थियो ।

‘शान्ति कति कायम रहन्छ र रहँदैन भन्ने प्रकारको चुनौती पैदा हुन थाल्यो । यो शान्तिका अघि आइरहेको चुनौतीको प्रतिविम्व राष्ट्रिय राजनीतिमा पनि पर्न थाल्यो । राष्ट्रिय राजनीतिमा पनि विकासको, स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य सर्त हो । विकासको निम्ति सबै दलहरुको, पक्षको बीचमा समझदारी, सद्भावको प्रक्रियाबाट अघि बढ्नुपर्ने अवस्था हो । तर विश्वको तनावको स्थितिको रिफ्लेक्सन राष्ट्रिय राजनीतिमा परेको छ । त्यसमा पनि आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध, सखाप गर्ने विद्वेषपूर्ण ढंगले चल्ने खालका प्रवृत्तिहरु बढ्न थाले । त्यसैले यतिबेला हामी मुलुकको राष्ट्रिय अस्मिताको रक्षाका निम्ति, सहमति, सहकार्य, राष्ट्रिय सहमति अनिवार्य सर्त हो । विचारको क्षेत्रमा देखापर्ने मतभेदहरु मैत्रीपूर्ण ढंगले प्रतिस्पर्धा गर्ने कुरा हो । अरु मुद्दाहरुमा चाहे परराष्ट्र नीति, राष्ट्रिय मामिला, चाहे विकास निर्माणको मामिला होस्, यिनीहरुमा राष्ट्रिय सहमति जरुरी छ,’ महासचिव गुरुङले भनेका छन् ।

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

तेहरान खाली गर्न ट्रम्पले दिए सल्लाहार

२८ मिनेट अगाडि
इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण

इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण

५५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

चट्याङसहित भारी वर्षाको सम्भावना

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक